त्रिवेणी कप फुटबल  : आयोजक त्रिवेणी सहित कालिका र एमसीटी विजयी

पोखरा स्पोर्टस् । लमजुङ बेशीशहरमा शुरु भएको जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशीको मंगलबारको खेलमा आयोजक त्रिवेणी यूवा क्लव विजयी भएको छ ।

आयोजक त्रिवेणीले तनहुँको भिमाद यूवा क्लवलाई २–० ले पराजित गरेको हो । त्रिवेणीका लागि सेराव तामाङले खेलको दोश्रो मिनेटमा नै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । टिमका लागि आशिक गुरुङले ७० औं मिनेटमा दोश्रो गोल गर्दै जितलाई शुरक्षित गरे ।

त्यस्तै मनाङे चौतारा (एमसीटी)ले दोश्रो खेलमा व्रिटिश गोर्खालाई १–० गोल अन्तरले पाखा लगाएको छ । एमसिटीका कालिका झाले खेलको ५४ औं मिनेटा गोल गर्दै एमसिटीको जित शुनिस्चित गरे ।

यता अर्को एक प्रतिष्पर्धात्मक खेलमा स्थानिय मनाङ्गे चौतारा (एमसिटी)ले सामना यूवा क्लवलाई टाइ व्रेकरमा ४–१ गोलले पराजित गरेको छ । सामनाका लागि खेलको ५० औं मिनेटमा सञ्जय श्रेष्ठले अग्रता दिलाए पनि एमसिटीका लागि ६५ औं मिनेटमा लक्ष्मण शाहीले बरावरी गोल फर्काए । निर्धारित समयमा १–१ को वराबरीमा रहेको खेल टाई व्रेकरमा धकेलिए पछि एमसिटी भाग्यमानी बन्न पुग्यो । एमसिटीका लागि दिवश छन्त्याल, याकु मगर र सुदिप केसीले गोल गरेका थिए भने भोजराज मगरको प्रहार बाहिरिएको थियो ।

यता सामनाका लागि टाइ व्रेकरमा पेनाल्टी प्रहारका लागि आएका मिन गुरुङ, अजय श्रेष्ठ र सञ्जय श्रेष्ठ गोल गर्नबाट चुके ।

२९ औं संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्ने उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेको त्रिवेणी यूवा क्लवका संस्थापक सदस्य बासु वराल (दिवाकर)ले पोखरा स्पोर्टसलाई जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन सोमबार अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close