केन्पो खुकुरी मार्सल आर्ट्सका पाण्डेलाई मानार्थ पीएचडी

पोखरा स्पोर्टस । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डेलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ ।

संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वर्ल्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पदवी प्रदान गरिएको हो । सो अवसरमा पाण्डेलाई केन्पोको एसियाली प्रमुखको जिम्मेवरी दिइएको प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

खुकुरी मार्सल आर्ट्सका संस्थापक ग्रान्डमास्टर डा.जगदीशसिंह खत्रीले पाण्डेलाई प्रमाण पत्र हस्तान्तरण गरे । सेल्फ डिफेन्सकी प्रशिक्षक सन्जु महर्जन पनि सोही अवसरमा सम्मानित भइन् । दुईदिने तालिममा ३० जना सहभागी छन् । भारतबाट आएका खत्रीले सहभागीलाई प्रशिक्षण दिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close