
पोखरा स्पोर्टस । पोखराका दर्शिल श्रेष्ठले १९ औं जयकर मेमोरियल जुनियर टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
ललितपुरमा जारी प्रतियोगिता अन्तर्गत बिहिबार भएको ब्वाइज यू–१२ को फाइनलमा दर्शिलले बोरिस अधिकारीलाई पराजित गरी उपाधि जितेका हुन् । फाइनलमा खेलमा पहिलो सेट ६–३ ले जितेका दर्शिलले दोश्रो सेट भने ५–७ ले गुमाउन पुगे तर अन्तिम तथा निर्णायक सेटमा ६–२ ले खेल जित्दै उपाधि आफ्नो हातमा पार्न सफल भए ।
यसै गरी ब्वाइज यू १० अन्तर्गत भएको फाइनलमा पोखराका स्पन्दन उदासले वाक ओभर दिंदा आसभ सम्राट हाडा विजयी बनेका छन् । यता ब्वाइज यू ८ अन्तर्गतको इभेन्टमा पोखराका अर्यासराज पौडेलले काश्य पदक जित्न सफल बन्दा पोखराका अर्का खेलाडी सृजन भट्टराई यू–१२ अन्तर्गत काश्य पदक जित्न सफल भएको कास्की जिल्ला संघका सचिव नविन श्रेष्ठले जनाएका छन् ।
