‘पोखरा म्याराथन सफल बनाउने अभियानमा प्रदेश सरकारको साथ रहनेछ’–मुख्यमन्त्री नेपाली

पोखरा स्पोर्टस । पोखरा म्याराथन सफल बनाउने अभियानमा गण्डकी प्रदेश सरकार साथ रहने प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताएका छन् ।

आगामी फागुन ७ गते हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरु संगको छलफलमा मुख्यमन्त्री नेपाली उक्त कुरा बताएका हुन् । “गण्डकी प्रदेश सरकार पोखरालाई खेलकुदको हव बनाउने कुरामा दृढ छ, यसै क्रममा पोखरा म्याराथन पनि रहेकोले यसलाई सफल बनाउने अभियानमा हाम्रो साथ संधै रहने छ,” उनले भने ।

खेलकुद विकासका लागि नै प्रदेश सरकारले खेलकुद मन्त्रालय समेत बनाएर अघि बढाएको बताउँदै प्रदेश सरकारकोतर्फबाट पोखरा म्याराथनको मुख्य संरक्षक समेत रहेका मुख्यमन्त्री नेपालीले पूर्व खेलाडीहरुले आफ्नो शिप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न आग्रह गरे । “पोखरा खेलकुदको महत्व वुझ्ने थलो भएकोले पनि पोखरा म्याराथनलाई सफल बनाउन यहाँहरुले खेल्ने भूमिकाले म्याराथन सफल हुने कुरामा म विश्वस्त छु,”उनले भने–पोखरा म्याराथन अन्तर्राष्ट्रिय खेलाडीहरुको आकर्षणको केन्द्र बनाउन सक्दो पहल गर्न र त्यसतर्फ आफ्ना कार्यक्रम अघि बढाउन म आग्रह गर्दछु ।”

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गर्दै समाजमा खेलको महत्वबारे अझै जनचेतना जगाउन आवश्यक रहेको बताए । उनले पोखरा अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले गरेका अभियान लगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराएका थिए ।

कायक्रममा आफ्ना भनाई राख्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकारलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close