खुला टेबलटेनिस प्रतियोगितामा आर्मीका दीप च्याम्पियन

पोखरा स्पोर्टस । नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रा.लि. को हलमा भएको फाइनलमा दीपले एपीएफका सन्योग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गरे ।

यसअघि महिला सिंगल्स फाइनलमा नेपाल आर्मीकी रविना महर्जनले आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सोझौ सेटमा हराउदै शीर्ष स्थान हात पारेकी थिइन् । सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

पुरुष भेट्रान सिंगल्सको ४० वर्षमाथि कीर्तिपुरका जयराम महर्जन पहिलो, एनिस पिङपोङ क्लबका रक्तचन्द्र मानन्धर दोश्रो तथा गोडस्पिनका निकेनमान प्रधान र मुकेश महर्जन तेश्रो भए । ५० वर्षमाथि ललितपुर टेबलटेनिस क्लबका राजेन्द्र वज्राचार्यले स्वर्ण, ललितपुरकै राजन सुब्बाले रजत तथा खोल्छा पुखुका नदिम शाक्य र एनिसका कपुर शर्माले कांस्य जिते ।

६० वर्षमाथि ललितपुरका आनन्दरत्न धाक्वा प्रथम, ललितपुरकै जग्दिशप्रसाद जोशी द्वितीय तथा एपीएमका सुमन खड्गी र ललितपुरका ध्रुवमान श्रेष्ठ तृतीय भए । यसअघि यु–१६ सिंगल्सको ब्वाइजमा न्यु हाराइजनका प्रवेश बस्नेत र गर्ल्समा नेपाल आर्मीकी दिया देउला तथा मिक्स डबल्समा आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी विजेता बनेका थिए ।

प्रतियोगितामा समावेश आठै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालले करिब ५ लाख रुपैयाँको खेल सामाग्री पुरस्कार स्वरुप प्रदान गरेको छ । प्रतियोगिताको ब्वाइजमा संस्कृति स्कुलका रायंश श्रेष्ठ तथा गर्ल्समा एपीएमकी योङगी पौडेल उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई मुख्य प्रायोजक सांग्रिला डेभ्लोप्मेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सह–प्रायोजक पूर्णशंकर श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक प्रा.लि.का निर्देशक दानबहादुर महता, सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close