सूर्य तारा भेट्रान्स फुटसल सुरु, उद्घाटन खेलमा आयोजकको जित

पोखरा स्पोर्टस । खेलकुद र सामाजिक क्षेत्रमा विशेष योगदान गर्दै आएको पोखरा लेखनाथस्थित सूर्य तारा युवा क्लवले पहिलो पटक आयोजना गरेको ३० वर्ष माथीका खेलाडीले सहभागिता जनाउन पाउने ‘भेट्रान्स ५-ए साइड फुटसल’ प्रतियोगिता सुरु भएको छ ।

शनिवार र आइतवार गरी दुई दिन सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुर्य तारा कल्ब (रातो)ले र शिशुवा भेट्रान्स माथी जित दर्ता गरेको छ । पोखरा लेखनाथ तालचोकस्थित काइट्स स्पोर्टसमा शनिवार सम्पन्न अन्य खेलमा ड्यामसाईड र तुलाचन एफ सि बिचको खेलमा तुलाचन एफसि बिजयी भएको छ भने बाराही एफ सि र मर्दी एफसि माथी जित हासिल गरेको छ ।

त्यसै गरी अमरसिंह एफ सि र मयुर टाईम्स बिचको खेलमा अमरसिंह एफ सि बिजयी भयो भने आदर्श क्लव र भदौरे बिचको खेलमा आदर्श क्लब बिजयी भएको आयोजक संस्थका अध्यक्षका विष्णु पुनले जानकारी दिएका छन् । त्यसै गरी चाउथे एफसिले मालेपाटन एफसी माथी जित दर्ता गरेको छ । शनिवार नै सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा आयोजक रातो सूर्य तारा क्लव तुलाचन एफसी संग पराजित हुँदै खेलबाट बाहिरिएको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन स्याङजा हरिनाश गाउँ पालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गरेका थिए ।

आइतबार प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु हुने र भोली नै फाइनल खेल २ बजे शुरु हुने प्रतियोगिताका संयोजक समेत रहेका पुनले जानकारी दिए । समापन कार्यक्रममा विजयी खेलाडीलाई कास्की रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले नगद पुरस्कार, मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ का साथमा मेडल, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्तालाई समान नगद रु २ हजार र फेयर प्ले टिमलाई नगद ३ हजार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजन पोखरा काष्ठ उद्योगले गरेको छ भने अन्य एक दर्जन संघ संस्थाले प्रतियोगिता सफल बनाउन सहयोग गरेका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close