सहारा क्लवमा सल्लाहकार परिषद चयन, अध्यक्षमा थापा

पोखरा स्पोर्टस । पोखराको सहारा क्लबले सल्लाहकार परिषद चयन गरेको छ । क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापाको सभापतित्वमा १२ सदस्यिय सल्लाहकार परिषद चयन गरेको क्लवले जनाएको छ ।

सल्लाहकार परिषदको सदस्यहरुमा शम्भु कार्की, गणेश बहादुर भट्टराई, मुछेत्र गुरुङ, तेजबहादुर गुरुङ, टीका बहादुर कार्की, रबिन्द्र प्रसाद श्रेष्ठ, सुनिल कुमार गुरुङ, दिपेन्द्र श्रेष्ठ, खड्ग बहादुर रानाभाट, योगेन्द्र बहादुर के.सी. र तोरण बहादुर बानियाँ रहेका छन्।

क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा हालै बसेको बैठकले सल्लाहकार परिषद चयन गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताए । हालै चयन भएका सल्लाहकार परिषदका सभापति तथा सदस्यहरुलाई सस्थापक अध्यक्ष बसन्त थकालीले परिचयपत्र वितरण गर्दै खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा पुर्ब अध्यक्ष बिक्रम थकाली र वीरभद्र आचार्यले समेत सल्लाहकार परिषदको टोलीलाई स्वागत गर्दै सफल कार्यकालको सुभकामना व्यक्त गरे ।

सहारा क्लवद्धारा संचालन गरिएको सहारा एकेडेमीमा हाल २४ जना असहाय तथा विपन्न बर्गका बालकहरु रहेका छन् । क्लवले हरेक बर्ष आयोजना गर्दै आएको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता यस बर्ष माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा संचालन गर्ने तयारी सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close