राष्ट्रिय महिला भलिबल टोलीको घोषणा

पोखरा स्पोर्टस । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।

आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट सङ्घले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणा शाही सहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहेका छन् ।

प्रशिक्षणमा रहेका १५ खेलाडीमध्ये सरस्वती जैशी, निरुता ठगुन्ना र कविता भट्ट भने टोलीमा पर्न सकेनन् । (रासस)
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close