
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य तथा नेपाल भूतपूर्व खेलाडी मञ्चका सल्लाहकार जयराम हमाललाई मातृ शोक परेको छ ।
हमालकी ममतामयी आमा खुम कुमारी हमालको आइतबार पोखरा ३ स्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उहाँको एक छोरा र दुई छोरी छन् ।
उहाँको आजनै दिउसो २ बजे तुलसीघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
