आइटिएफ वर्ल्ड टेनिस टुरः अर्यान, अभिलाषा र सर्भानीलाई सफलता

पोखरा स्पोर्टस । पोखरामा जारी आइटिएफ वर्ल्ड र्‍याङकिङ् यू–१८ टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत मंगलबार भएको खेलमा नेपाली खेलाडी अर्यान गिरी, अभिलाषा विष्ट र सर्भानी श्रेष्ठले सफलता प्राप्त गरेका छन् ।

 

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा नेपालकी शिर्ष वरियाताकी अभिलाषाले भारतकी खुसी गुलाटीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेकी छन् । त्यसै गरी नेपाली खेलाडी सर्भानीले आफ्नो संघर्षपूर्ण खेलमा श्रीनिधी रेड्डीलाई टाइव्रेकरको आधारमा पराजित गरिन ।

खेलको पहिलो सेट ६–७(४)ले गुमाएकी नेपालकी चौथो वरियताकी सर्भानीले दोश्रो र अन्तिम सेटमा खेलमा फर्किदैं ६–२, ६–१ ले पराजित गरिन् । त्यस्तै ब्वाइजतर्फको एक खेलमा अर्यान गिरीले भारतका प्रनव कोराडेलाई ७–५, ६–४ को सोझो सेटमा पाखा लगाउन सफल भए ।

यता गर्ल्सतर्फ नेपालकी प्रकृती श्रेष्ठ भारतकी भानशिखा मारिया संग ६–१, ६–० ले खेल सुम्पिन पुगिन भने नेपालकी अजा रेग्मी भारतकी शुखमनी भण्डारी संग ६–१, ६–१ को सोझो सेटमा हार व्यहोर्दै खेलबाट बाहिरिइन । त्यस्तै नेपालकी इशा श्री शाहले भारतकी थानिया सारल संग प्रतिष्पर्धात्मक खेलमा पराजित भइन । खेलमा इशाले पहिलो सेट ६–१ ले गुमाइन तर पुनः दोश्रो सेट १–६ ले आफ्नो पक्षमा पार्न सफल भए पनि तेश्रो सेट ६–२ ले गुमाउन पुगिन । नेपालकी अर्की खेलाडी जेनी खड्का भारतकी रिया डुगर संग ६–०, ६–० को सोझो सेटमा पराजित भइन ।

ब्वाइज सिंगल्समा समेत नेपाली खेलाडीहरुले खासै सफलता प्राप्त गर्न सकेनन् । नेपालका निहाल जङ्ग बहादुर थापा अमेरिकाका जय दत्त संग ६–१, ६–१ को सोझो सेटमा पराजित भए । नेपालका अकि जुवेन रावत भारतीय खेलाडी ओमान्स चौधरी संग ६–१, ६–४ ले पराजित भए । त्यस्तै ब्राजिलका व्रेनो रुसेतोले भारतका वत्सल मनिकान्तनलाई ६–३, ६–१ ले पराजित गरे । मंगलबारको व्वाइज सिंगल्समा इजरायलका हलेल आशुष र रसियाका अमिरले आ–आफ्नो खेल जितेका छन् । अमिरले नेपालका राज बहादुर प्रधान र हलेलले नेपालकै सक्षम विक्रम शाहलाई पराजित गरेका थिए ।

यता गर्ल्स डबल्सतर्फ नेपाली खेलाडी जोडी अभिलाषा र सलोनी तामाङले आफ्नो खेल भारतिय जोडी शुखमनी र शोहिनीको जोडीलाई २–६, ६–३, १०–७ ले सुम्पिन पुगे । तर नेपाली अर्को गर्ल्सतर्फको जोडी इशा श्री र सर्भानीले आफ्नो खेल जितेका छन् भने डबल्समा प्रकृती श्रेष्ठ र सुनिरा थापाको जोडी तथा निमिषा ढकाल र अलिशा डोल्कर गुरुङको जोडीले समेत आजको खेलमा सफलता प्राप्त गरेका छन् । भारतिय अर्को एक जोडी रिया डुगर र तनु श्री पाण्डेको जोडीले नेपाली जोडी अजा रेग्मी र सुभाङ्गी लक्ष्मीलाई पराजित गरे ।

ब्वाइज डबल्समा नेपाली खेलाडी जोडी आरभ सम्राट हाडा र अकि जुवेन रावतको जोडीले सफलता प्राप्त गर्दा नेपाली खेलाडी जोडी निहाल जङ्ग र निशान श्रेष्ठको जोडी भारतिय जोडी विभु र अनर्व संग सोझो सेटमा पराजित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close