गण्डकी प्रदेशको महिला कवड्डी टोली धनुषा प्रस्थान

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको महिला कवड्डी टोली मंगलबार धनुषा प्रस्थान गरेको छ ।

धनुषाको वोटेश्वर गाउँपालिकामा आयोजना हुने प्रदेशस्तरिय महिला कवड्डी प्रतियोगितामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेको हो । यहि मंसिर २३ गते देखि २५ गते सम्म आयोजना हुने उक्त प्रतियोगिता स्थानिय शिवशक्ति यूवा क्लवले आयोजना गरेको हो । प्रतियोगितामा सातै प्रदेशका महिला टिमको सहभागिता रहने जनाईएको छ ।

उक्त प्रतियोगितामा गण्डकी प्रदेशको महिला टिम वुद्धिमाया मगरको कप्तानीमा मैदानमा उत्रिने छ । टिमको अन्य सदस्यहरुमा होममाया मगर, सपना मगर, अञ्जली मगर, विपना तामाङ, सोपिया प्रजा, गिता थजाली, देविका पुन, सोनिया थजाली, विनिता पाइजा, शिला पुर्जा मगर र हिममाया रोक्का रहेका छन् । टिमको प्रशिक्षकमा तेज बहादुर विष्ट र व्यवस्थापकमा विष्णु सेञ्चुरी रहेका छन् ।

त्यसतर्फ प्रस्थान गरेको टोलीलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय ऋषीराम गौतम र तारामायाँ थापा मगरले विदाई गरेका थिए ।

सो अवसरमा उपाध्यक्ष गुरुङले खेलाडीहरुलाई जितको शुभकामना दिंदै खेलमा अनुशासित भएर खेल्न आग्रह गर्दै उक्त प्रतियोगिताले नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत सहयोगी हुने बताए । विदाई कार्यक्रममा कास्की जिल्ला कवड्डी संघका सहसचिव हरि जिशी । सुजन सुवेदीको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close