शेर्पाको सम्झनामा एनओसीमा शोक सभा

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीले लामा टेन्डी शेर्पाको निधनको १४ औं पुण्य तिथिमा मंगलबार शोक सभा कार्यक्रमको आयोजना गरेको छ ।

कमिटीका पूर्व महासचिव समेत रहेका शेर्पाको मंसिर ८ मा निधन भएको थियो । नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष रहेका टेन्डी शेर्पा राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष समेत हुन् ।

सो अवसरमा कमिटीका अध्यक्ष एवम सांसद जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यलगायत विभिन्न संघका पदाधिकारीले स्वर्गीय लामाको तस्विरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।

कमिटीको सातदोबाटो स्थिति ओलम्पिक भवनमा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसँगै स्वर्गीय लामाका बुबा टेन्डी पासाङ शेर्पा तथा नेपाल बास्केटवल संघका कार्यवाहक अध्यक्ष भीमसेन गुरुङले नेपाली खेलकुदमा स्व.लामाको योगदानबारे चर्चा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close