पोखरामा आइटिएफ वर्ल्ड टेनिस टुर सर्किट–२ शुरू, नेपाली खेलाडीहरुको मिश्रित पदर्शन (फोटो फिचर)

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटिएफ वर्ल्ड  र्‍याङकिङ् यू–१८ टेनिस टुर जे–५ सर्किट–२ सोमबार बाट सुरू भएको छ ।

पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा सोमबारबाट शुरू भएको खेलमा नेपाली खेलाडीहरूले मिश्रित पदर्शन गरेका हुन् । सर्किट २ अन्तगत भएको पहिले दिनको खेलमा ब्वाइज र गर्ल्समा सिंगल्सतर्फ २० खेल र डब्ल्सतर्फ ४ खेल सम्पन्न भएका छन् । नेपाली शिर्ष वरियताका खेलाडी आरभ सम्राट हाडा र दोश्रो वरियताकी सलोनी तामाङ र सुभाङ्गी लक्ष्मी शाहले सिंगल्सतर्फ जित निकाल्न सफल भएका छन् ।

आरभले भारतका आर्या भट्टाचार्यलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गरे भने सलोनीले भारतकी सोहनी सञ्जय मोहनीलाई टाइव्रेकरमा ६–०, (६–७) र ६–१ ले पराजित गर्दा सुभाङ्गीले बेल्जियमकी मिया क्रेस्तेवालाई टाइव्रेकरमा ४–६, ६–२ र ६–३ ले पराजित गरिन् । आज सम्पन्न सिंगल्स स्पधार्का २० खेलबाट गर्ल्सतर्फ ८ र ब्वाइजतर्फ ८ गरी १६ जना नेपाली खेलाडी आ–आफ्नो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपालका सौगात विक स्विडेनका आठौं वरियताका इमिलियो जियोल्कोस्की संग ६–०, ६–१ ले, आयूष्मान घले अमेरिकाका तेश्रो वरियताका शिद्धार्थ लामा संग ६–०, ६–१ ले, इभ्याक जोशी भारतका चन्दन शिवराज संग ६–०, ६–१ ले, इशान गुरूङ डेनमार्कका अलेक्जण्डर नोडाल संग ६–०, ६–० ले र प्रशिद्ध मोक्तान ६–०, ६–० को सोझो सेटमा पराजित भएका हुन् ।

ब्वाइजतर्फनै भारतका हितेश चौहानले नेपालका निशान श्रेष्ठलाई प्रतिष्पर्धात्मक खेलमा ६–४, ६–३ ले पराजित गर्दै दोश्रो चरणमा जानबाट रोके भने नेपालकै निश्चल कायस्थ भारतका कविर चावरिया संग ६–०, ६–० को सोझो सेटमा पराजय व्यहोरे । नेपालका गिवार्ण जङ्ग थापा हङ्गेरीका पाँचौ वरियताका लोरेन्ट ग्योरी संग आफ्नो खेल ६–०, ६–० को सोझो सेटमा सुम्पिन बाध्य भए । यस्तै ब्वाइजतर्फको एक अर्को खेलमा अमेरिकाका मेथ्रे व्यारेटले टाइव्रेकरमा भारतका कृष त्यागी संग ७–६(३) र ६–३ ले आफ्नो सिंगल्सतर्फको खेल गुमाउन पुगे ।

यता गर्ल्सतर्फ समेत पहिलो दिनको खेल त्यती उत्साहजनक हुन सकेन । नेपाली खेलाडी आद्या पौडेलले आफ्नो खेल भारतकी दिभा भाटिया संग ६–०, ६–२ को सोझो सेटमा सुम्पिंदा, रायना शाह समेत भारतकी मेहर मिश्रा संग ६–२, ६–४ को सोझो सेटमा पराजित भइन । नेपालकी रोमिका वुद्धाचार्य भारतकी मिली चुग संग ६–१ र ७–५ ले पराजित हुँदा प्रशंसा मोक्तान भारतकी हेना नागपाल संग ६–०, ६–१ ले हार व्यहोरिन् ।

गर्ल्स सिंगल्सतर्फ नै नेपालकी श्रेया भट्टराई बेल्जियमकी शानोज बोभी संग ६–०, ६–१ को सोझो सेटमा हार व्यहोर्दा, नेपालकी निमिषा ढकाल भारतकी सौम्रिता वर्मा संग ६–०, ६–० सोझो सेटमा पराजित भइन् । नेपालकी अर्की खेलाडी सुनिरा थापा भारतकी नियाती कुक्रेती संग ६–३, ६–० ले र आयशा डोल्कर गुरुङ समेत भारतकी आठौं वरियताकी तनुश्री पाण्डे संग ६–१, ६–१ को सोझो सेटमा पराजित भइन् ।

यता ब्वाइज डब्ल्सतर्फ अमेरिकाका जय द त्त र नेपालका अर्यान गिरीको जोडीले आफ्नो खेल जितेको छ । उनीहरुले नेपाली जोडी राज बहादुर प्रधान र सक्षम विक्रम शाहको जोडीलाई सुपरटाईको नतिजमा ७–६(३), ६–३ ले पराजित गरे । नेपालका प्रशिद्ध मोक्तान र इभ्याकको जोडीलाई रसियाका मातेव ग्रेसनर र भारतका निकिल डुसुजको जोडीले ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दा अर्को नेपाली जोडी आयुष्मान हजुर घले र निष्चल कायस्थको जोडी इजरायली जोडी हालेल आशुष र अलेक्जण्डर नोर्डाल संग ६–१, ६–० को सोझो सेटमा पराजित भए ।

एक साता सम्म चल्ने उक्त प्रतियोगितामा ११ देशका गर्ल्स र ब्वाइज गरी ८८ खेलाडीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close