ढोरपाटनलाई गुरुङ स्पोर्ट्स हाउस भलिबलको उपाधि

पोखरा स्पोर्टस । गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालीत प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।

उपाधि जित्ने क्रममा ढोरपाटनले शनीबार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६,२५–२१,१५–२० ले हरायो ।

यसैगरी, मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउदै तेस्रो स्थान पायो ।प्रतियोगितामा ढोरपाटनका प्रतापखवास उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर,एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए ।

यसैगरी मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथाढोरपाटनका मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथाअन्य विधागत उत्कृष्टले तीनहजार रुपैया पुरस्कार पाए ।

ढोरपाटन भलीबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा सम्पन्न प्रतियोगिताको उपाधिवि जेताले १ लाख ११हजार १ सय ११ रुपैया तथा उपविजयी टोलीले ६१ हजार १सय ११ रुपैया पुरस्कार पाए । यसैगरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाएको् छ ।

विजेता टोलीतथा खेलाडीलाई प्रमुख अतिथी राखेप सदस्य एकेन्द्र कुवँर र विशिष्ट अतिथी नेपाल भलीबल संघका कार्यबाहक अध्यक्ष यम गुरुङ लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगिता लिगकम नक आउटको आधारमा भएको हो । एक टोलीमा पाँच खेलाडी समाबेश थिए । चार खेलाडी मैदानमा उपिस्थितहुने प्राबधान रहेको थियो । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबकाअध्यक्ष बासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भुमिका रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close