एसियाली युथ पारा गेम्स : प्रकाश क्वाटरफाइनलमा

पोखरा स्पोर्टस । नेपालका प्रकाश अधिकारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टनअन्तर्गत एसएल– ४ क्याटगोरीको पुरुष सिंगल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘सी’ को आफ्नो अन्तिम लिग खेलमा प्रकाशले युएईका हुमेद फाउजी अल्सेनानीलाई २१–२ र २१–१ को सोझो सेटमा सहजै पराजित गरेको अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

त्यसअघि उनले इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसंग २१–१५ र २१–९ को हार व्यहोरेका थिए भने भारतका नेहाल गुप्तालाई २१–१३ र २१–१८ ले पन्छाएका थिए । क्वाटरफाइनलमा प्रकाशले थाइल्यान्डका चिन्दानाइ निनुडोम्सकलाई प्रतिद्वन्द्वी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close