आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर क्वालिफाइङ राउण्ड सकियो, छानिए ८ खेलाडी, सोमबार उद्घाटन

पोखरा स्पोर्टस । पोखरामा ‘यू–१८ आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर जे–५’ क्वालिफाइङ राउण्ड अन्तर्गतका खेलहरु सम्पन्न भएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा शनिबार बाट शुरु भएको क्वालिफाइङ राउण्ड अन्तर्गत भोली देखि शुरु हुने ४ व्वाइज र ४ गर्ल्स गरी ८ खेलाडी मेन ड्रका लागि छनोट भएका छन् । क्वालिफाइङ राउण्डमा व्वाइजतर्फ २५ र गर्ल्सतर्फ ८ गरी ३३ खेलाडी सहभागी थिए ।

दिसेम्वर ११ अर्थात मंसिर २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत नेपाल सहित विभिन्न १९ देशका खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा नेपालका व्वाइज र गर्ल्सतर्फ गरी २६ जना खेलाडी प्रतिष्पर्धा गर्दैछन् । कोभिड १९ को सम्पूर्ण मापदण्डहरु कडाईका साथ पालना गर्दै आयोजना भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट व्वाइजमा आरभ सम्राट हाडा र गर्ल्समा अभिलाषा विष्टले प्रतिष्पर्धा गर्दैछन् । उनीहरु नेपालका नं १ सिडेड खेलाडी समेत हुन् ।

आज सम्पन्ने खेलबाट मेन ड्रमा छनोट भएका गर्ल्स खेलाडीमा ४ जना नै भारतका खेलाडी छन् । भारतकी रिशिता रेड्डीले अमेरिकाकी कशिष कान्तलाई ६–३, ६–४ ले पराजित गरिन भने भारतकै शुखमनी भण्डारीले सन्जित रमेशलाई ६–१, ६–४ को सोझो सेटमा पाखा लगाइन । भारतकी श्रीनिधी रेड्डीले भने अमेरिकाकी समिक्षा अनिम संग कठिन जित निकालिन । उनले टाइ व्रेकरमा ६–७ (२), ६–४ र १०–८ ले जित निकालेकी हुन । त्यस्तै अर्को एक खेलमा भारतकी सोहनी मोहन्तीले भारतकै अर्शिम सापाललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन ।

त्यस्तै व्वाइजतर्फको खेलमा भारतका दुई जना र रसिया तथा अमेरिकाका १–१ जना खेलाडी छनोट भएका छन । आजको खेलमा रसियाका मातेभ ग्रेसनरले भारतका सार्थ बन्सोडेलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गरे । त्यस्तै अमेरिकाका जय दत्तले भारतका ललित मोहनलाई ६–०, ६–१ ले, भारतका हितेश चौहानले भारतकै अर्या भट्टाचार्यलाई ६–३, ६–२ ले, भारतका मितुल पटेलले ब्राजिलका नातान अल्वर्तिनीलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गरे ।

सोमबार उद्घाटन हुने
‘आइटिएफ वर्ल्ड र्‍याकिङ टेनिस टुर जे–५’ को सोमबार बिहान उद्घाटन हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले पोखरा स्पोर्टसलाई बताए । अध्यक्ष गुरुङका अनुसार उद्घाटन संगै भोलीबाट पहिलो तालिका अनुसार मेन ड्रका खेलहरु शुरु हुनेछन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गर्ने तय भएको छ ।

पहिलो तालिका अनुसार दिसेम्वर ४ सम्म चल्ने प्रतियोगिताका लागि व्वाइज र गर्ल्सतर्फ गरी ६४ खेलाडी भिड्ने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा व्याइज र गर्ल्सतर्फ गरी २२–२२ जना खेलाडी र्‍याकिङका आधारमा सोझै छनोटमा परेका छन् भने ४–४ जना क्वालिफाइङबाट वाँकी ६–६ जना खेलाडी वाइल्डकार्डबाट छनोटमा परेका छन् ।

दिसेम्वर ११ अर्थात मंसिर २५ गते सम्म हुने प्रतियोगिता अन्तर्गत नेपाल सहित विभिन्न १९ देशका ११९ जना खेलाडी पोखरा आएका छन् । प्रतियोगितामा नेपालका व्वाइज र गर्ल्सतर्फ गरी २६ जना खेलाडी प्रतिष्पर्धा गर्दैछन् । कोभिड १९ को सम्पूर्ण मापदण्डहरु कडाईका साथ पालना गर्दै आयोजना भएको उक्त प्रतियोगितामा नेपालका तर्फबाट व्वाइजमा आरभ सम्राट हाडा र गर्ल्समा अभिलाषा विष्टले प्रतिष्पर्धा गर्दैछन् । उनीहरु नेपालका नं १ सिडेड खेलाडी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close