
पोखरा स्पोर्टस । सहारा क्लव पोखराको भातृ संस्था सहारा हङकङको अध्यक्षमा पुनः दिपक गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सहारा हङकङको तेश्रो अधिवेशनले अध्यक्षमा पुनः दिपक गुरुङलाई निर्वाचित गरेको हो । सहारा हङकङका संस्थापक अध्यक्ष समेत रहेका उनी तेश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

संस्थाका पूर्व प्रमुख सल्लाहाकार तथा अग्रज तेक्वान्दो खेलाडी तुलसी कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले २१ सदस्यिय कार्यसमिती निर्विरोध निर्वाचित समेत गरेको छ । संस्थाको प्रथम उपाध्यक्षमा सरोज गुरुङ (खम), द्वितिय उपाध्यक्षमा सुमित्रा गुरुङ, महासचिव कुमार गुरुङ, सचिवमा ज्योती गुरुङ, कोषाध्यक्षमा प्रविन गुरुङ र सहकोषाध्यक्षमा कमला थापा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी संस्थाको कार्यसमिती सदस्यमा कुमारी गुरुङ (माया), विकाश कुमार गुरुङ, सरिता गुरुङ, राजु गुरुङ, जगत गुरुङ, ओम गुरुङ, अप्पु गुरुङ (वावु), तिलक गुरुङ, कपिल गुरुङ, राजु गुरुङ (सुपर), देवकाजी गुरुङ, प्रदिप गुरुङ, उर्मिला घले र गमन घले निर्वाचित भएका छन् ।
सम्पन्न अधिवेशनमा आफ्ना दिवगंत संस्थापक महासचिव तथा वरिष्ठ उपाध्यक्ष विल तामाङको असमायिक निधनमा शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अपर्ण गरिएको थियो । तामाङको कोभिडका कारण नेपालमा गत जेठ ४ गते पोखरामा निधन भएको थियो ।
कार्यक्रममा प्रमुख सल्लाहाकार दुर्गा गुरुङ (एन्डी), सल्लाहाकारहरु मिन गुरुङ, कमल पौडेल, देव गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए भने महासचिव कुमार गुरुङले साँगठानिक प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा गुरुङले आय व्यय प्रस्तुत गरेका थिए ।
सन २०१२ मा गठित सहारा हङकङ फुटबलको विकास र सामाजिक क्षेत्रमा कृयाशिल छ ।
