जित कुन्डो मार्सल आर्ट: नरेन्द्र र मनीष उत्कृष्ट

पोखरा स्पोर्टस । धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट बनेका हुन् ।

धापासीस्थित श्रीसमाज भवनमा भएको प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दुवारले स्वर्ण, सर्लाहीका समित विकले रजत तथा सर्लाहीका कृष्ण पण्डितले कांस्य जिते । ३० केजीमुनि केन्द्रका सलिन थापा, ६५ केजीमा केन्द्रका अनिश दाहाल, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ५०.५– ५५ केजीमा एपीएफका सञ्जय राई, ५५.५–६० केजीमा सिन्धुपाल्चोकका अल्ताप दनुवार, ६०.५–६५ केजीमा एपीएफका रोहित चुनारा तथा ३५.५–४० केजीमा केन्द्रका अंकित श्रेष्ठले पहिलो स्थान हात पारे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिलाको ४५.५ केजीमाथि सर्लाहीकी बन्दना बरालले सर्लाहीकै चाँद यादवलाई फाइनलमा पराजित गर्दै पहिलो भइन् । नुवाकोटकी पद्मा तामाङ तेश्रो भइन् । महिला ४५ केजीमुनि एपीएफकी दीपा शाहीले स्वर्ण जितिन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close