एमाले महाधिवेशनको पूर्व संघारमा पोखरामा सडक दौड

पोखरा स्पोर्टस । नेकपा एमालेको १० औं केन्द्रिय महाधिवेशनमा अनेरास्ववियू गण्डकी प्रदेशले पोखरामा खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरेको छ ।

उक्त सडक दौड एपिएफका निरज भट्टले जितेका छन् । त्यसै गरी प्रतियोगितामा डेभिड सुनार दोश्रो र अर्जुन थापा तेश्रो भए । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश नगद ५, ३ र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा महिला र पुरुष गरी ६० भन्दा वढी धावकको सहभागिता रहेको थियो ।

विजेता खेलाडीलाई नेकपा एमाले कास्कीका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद कृष्ण थापा, जिल्ला समन्वय समितीका सभापती वयान वहादुर कार्की, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य सञ्जिव वहादुर कोइराला लगायतले नगद, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त सडक दौड शहिद चोक बाट शुरु भएर बाराही चोक, हल्लनचोक, जरेवर, जिरो किमि, सृजना चोक, रत्नचोक, राष्ट्रवैंक चोक हुँदै पुनः शहिद चोकमा पुगेर सम्पन्न भएको थियो ।

उक्त दौड एमालेको १० औं महाधिवेशनको विशेष प्रचार प्रसारका लागि आयोजना गरिएको अनेरास्ववियू गण्डकीका सचिव आरके पोखरेलले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close