महिला टी–२०ः नेपाल हङकङ सँग पराजित

पोखरा स्पोर्टस । आइसीसी महिला टी(२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाउनु भयो । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोड्नुभयो । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिए।

यसअघि दुवईको आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १०४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४० रन बनाएकी थिइन् । यस्तै, इन्दु बर्माले ३१ जोड्नुभएको थियो । हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक एक विकेट हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close