
पोखरा स्पोर्टस । पोखराका सुबान गुरुङ र मनमायाँ गुरुङ कोरियन एम्वासडर वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२१ मा पदक जितेका छन् ।
विश्वभर फैलिएको कोभिड १९ का कारण भर्चुअल माध्यमबाट भएको उक्त प्रतियोगितामा नेपालबाट सहभागी पोखराका सुबानले ११ वर्ष मुनी पुम्से पुरुष क्याटोगरीमा स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा सुबानले ब्राजिलका हेइटोर रिबिरोलाई पराजित गरेका थिए । यसै गरी प्रतियोगिता अन्तर्गत नै महिला तर्फ गुनमायाँ गुरुङले कांस्य पदक जितेकी छन् ।
पदकधारी दुवै खेलाडी अव्सुलुट डोजाङ पोखरामा प्रशिक्षणरत छन् । उनीहरुलाई रेखमायाँ गुरुङले प्रशिक्षण दिंदै आएकी छन् । आफ्ना दुवै खेलाडीको जितमा प्रशिक्षक गुरुङले खुसी व्यक्त समेत गरेकी छन् ।
