एसियन यु–१४ र्‍याङकिङ टेनिस : दर्शिललाई सफलता

पोखरा स्पोर्टस । नेपालका दर्शिल श्रेष्ठले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट–१ को ब्वाइज सिंगल्समा मंगलबार सफलता पाएका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन भएको उक्त प्रतियोगितामा दर्शिलले नेपालका आद्रित नेपाललाई ६–० र ६–१ ले सोझो सेटमा पराजित गरेका हुन् । यसै गरी प्रतियोगितामा निश्चल कायस्थले नेपालका निशाद जोशीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरेका छन् । यस्तै अन्य खेलमा नेपालका आयुशमान हजुर घलेले नेपालका श्लोककेशर खड्कालाई ६–० र ६–१, र भारतका अमिर मुहम्मद मजारीले नेपालका श्रृजन भट्टराईलाई ६–० र ६–१ को सीधा सेटमा हराए ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी इभा अधिकारीले नेपालकी प्राज्ना मानन्धरलाई ६–२ र ६–३, नेपालकी प्रशंसा मोक्तानले नेपालकी जेनी खड्कालाई ६–० र ६–०, नेपालका शिभाली गुरुङले नेपालका कृषा अधिकारीलाई ६–४ र ६–३ तथा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–२, ४–६ र ६–२ को सेटमा पाखा लगाए ।

ब्वाइज डबल्समा नेपालका बोरिस अधिकारी र निशाद जोशी तथा नेपालकै आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडी विजयी भए । सोही स्पर्धाको गर्ल्समा नेपालका प्रशंसा मोक्तान र सुनिरा थापा तथा नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले सफलता पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close