
पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकी विरुवा गोडमेल र संरक्षणमा जुटेको छ ।


पोखरा रंगशाला परिशरमा गत साउन ३० गते संघले वृक्षारोपण गरिएका विरुवा गोडमेल र संरक्षण गरेको हो । पोखरा रंगशालाको हरियाली बढाउनका लागि रोपिएका ५० विभिन्न प्रकार विरुवाहरु हुर्काउन मल, जल सहित संरक्षणका लागि समेत तारले घेरिएको संघका अध्यक्ष हरिश्वर पोखरेलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
पोखरा रंगशालामा धेरै पटक विरुवा रोपिए पनि संरक्षणको अभाव खट्किएको बताउँदै आफूहरुले रोपेका विरुवा हुर्काउन सानो पहल शुरु गरेको अध्यक्ष पोखरेलले बताए । उनले भने–“अहिले सम्म रंगशालामा रोपिएका विरुवा हुर्किएको भए चार कोशे झाडी हुन्थ्यो होला, तर कसैले पनि संरक्षणका लागि ध्यान दिएनन् ।”
यसै गरी लोकतान्त्रिक खेलकुद संघले पोखरामा कास्की जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए । “धेरै भयो कास्कीमा जिल्ला स्तरिय फुटबल प्रतियोगिता हुन सकेको छैन, कोभिड १९ पछि कास्कीको फुटबललाई अघि बढाउने सँगै यूवाहरुलाई खेलकुदमा जागरण ल्याउन फुटबल प्रतियोगिता आयोजना गर्ने सोच बनाएका छौं ।”
