
पोखरा स्पोर्टस । सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८ औं (एसकेडियुएन) बिश्व सोतोकान कराते च्यामिपयनसिपमा नेपालले सहभागिता गर्ने भएको छ ।
उक्त प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन)का खेलाडी तथा अफिसियललाई शुक्रबार विदाई गरिएको छ । संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तराष्ट्रिय बिमानस्थलमा बिहिबार साँझ शुभकामना सहित बिदाई गरेका हुन् ।
कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रिबहादुर महतको नेतृत्वमा एक जना अफिसियल र ८ खेलाडीले सहभागिता जनाउने छन् । संघका अध्यक्ष धिर्ज तामाङ्ग पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए ।
सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरु चित्र बहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् ।
