पदक जित्न सफल कास्कीका टेनिस खेलाडीलाई सम्मान

पोखरा स्पोर्टस । बीर गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागि भई विभिन्न उमेर समुहमा पदक जित्न सफल पोखरेली खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघले एक समारोहका विच सम्मान गरेको छ ।



ललितपुरमा हालै सम्पन्न प्रतियोगिताको मेन्स डबल्समा प्रदिप खड्का र अनिल शाहिको जोडीले स्वर्ण, ८ वर्ष मुनिको उमेर समुहमा आर्युस राज पौडेलले स्वर्ण, १२ वर्ष मुनि दर्शिल श्रेष्ठले स्वर्ण जितेका थिए । त्यस्तै, ३५ वर्ष माथिको डबल्समा कास्की जिल्ला टेनिस संघका अध्यक्ष समेत रहेका लोक गुरुङ्ग र निरज थापाको जोडीले रजत पदक जित्दा पोखराकै राजन पौडेले र नविन श्रेष्ठको जोडीले कास्य पदक जितेका थिए ।

१० वर्ष मुनि स्पन्दन उदासले रजत पदक, १२ वर्ष मुनि श्रृजन भट्टराईले कास्य, १४ वर्ष मुनिको डबल्समा दर्शिल श्रेष्ठ र श्रृजन भट्टराईको जोडीले रजत, निहाल जङ्ग थापा र अकि रावत जोडीले कास्य पदक जित्न सफल भएका थिए ।

त्यसैगरि गत महिना काठमाण्डौको याक एण्ड यती टेनिस प्रतियोगितामा विजयी खेलाडीहरुलाई पनि सोही समारोहमा सम्मान गरियो । उक्त प्रतियोगितामा पोखरेली खेलाडी धरमबहादुर लामिछानेले ४५ वर्ष माथिको एकलतर्फ दोश्रो स्थान हाँसिल गरेका थिए भने ३५ वर्ष माथिको एकलमा रोवर्ट जे.हान पनि दोश्रो स्थान हाँसिल गर्न सफल भए । ३५ वर्ष माथिको डबल्समा नविन श्रेष्ठ र रोवर्ट जे.हानको जोडी दोश्रो भएका थिए । त्यस्तै ४५ वर्ष माथिको डबल्समा लोक गुरुङ्ग र गोपीबहादुर भट्टराईको जोडीले कास्य पदक जितेका थिए ।

पोखराकै दर्शिल श्रेष्ठले दक्षिण एशियाली क्षेत्रिय छनौंटमा तृतीय तथा पाकिस्तानको ईस्लामावादमा एटिएफ यु–१४ मा छैठौं स्थान हाँसिल गरेका थिए । दर्शिललाई नेपाल भूपू खेलाडी मञ्चले हालै राइजिङ प्लेयरको उपाधीले सम्मान गरेको थियो ।

यसै गरी कास्कीको टिमले हालै सम्पन्न दोश्रो जेटिआई टिम टेनिस टुर २०२१ का खेलाडी लाई सम्मान गरिएको छ । उक्त प्रतियोगितामा सिंगल्स  तर्फ यू–८ मा आयर्श राज पौडेलले रजत पदक, यू–१० सिंगल्समा स्पन्दन उदास, यू १२ तर्फ दर्शिल श्रेष्ठ कास्य पदक, यू १२ तर्फ नै सिर्जन भट्टराई रजत पदक, यू–१६ सिंगल्समा निहाल जङ्ग थापा काश्य र डवल्समा स्वर्ण जितेका थिए ।

विजयी खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ्ग, क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सीना, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनिया, कास्की टेनिसका निवर्तमान अध्यक्ष दोर्जे लामा लगायतले पुष्प गुच्छा सहित खादा अबिरले सम्मान गरेका थिए ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव नविन श्रेष्ठ तथा उपाध्यक्ष नविन चालिसेले संघका पछिल्ला गतिविधीबारे प्रकास पार्दै कास्कीका जुनियर खेलाडीहरुले राम्रो नजिता ल्याउन सफल भएकोमा खुसि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close