लोकतान्त्रिक खेलकुद संघको शुभकामना आदान प्रदान कार्यक्रम

“खेलकुद क्षेत्र उपेक्षित छ”–मन्त्री खड्का

पोखरा स्पोर्टस । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी र कास्कीले संयूक्त रुपमा विभिन्न चाडपर्वहरुको अवसरमा मंगलबार पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले खेलकुद क्षेत्र अझै पनि उपेक्षित रहेको बताए । आफूहरु सरकारमा रहेर आत्मविश्लेषण गरिरहँदा खेलकुद क्षेत्र गतिशिल हुन नसकेको बताउँदै भने–“खेलकुद भाषण र दस्तावेज उच्च प्राथमिकतामा परे पनि कार्यान्वयन संगै बजेटमा समेत प्राथमिकतामा पर्न सकेको छैन  ।”

प्रदेश, स्थानिय र संघिय सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढ्न र गहन रुपमा विश्लेषण गर्न आवश्यक रहेको बताउँदै मन्त्री खड्काले राष्ट्रको स्वाभिमानका लागि हुनु पर्ने खेलकुद कतै ‘डिरेल’ त भएन भन्ने आशङ्का उव्जिएको बताए । उनले स्वास्थ्यका लागि खेलकुद भन्ने नारा व्यक्तिगत प्रतिष्पर्धा र व्यक्तिगत स्वास्थ्यका लागि मात्रै सिमित भएको उल्लेख गर्दै प्रदेश सरकारले बालबालिको क्षेत्रमा खेलकुद अगाडी बढाउन  कार्यक्रम तय गरिएको बताए ।

सो अवसरमा मन्त्री खड्काले पूर्व राष्ट्रिय स्विमिङ खेलाडी डम्वर बहादुर पुन (डम) लाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्की जिल्लाका सभापती कृष्ण केसी, लोकतान्त्रिक खेलकुद संघ गण्डकीका कोषाध्यक्ष मदन केसी, सचिव प्रितम गुरुङ, जिल्लाका अध्यक्ष नविन पुन लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रम लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष तथा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी हरिश्वर पोखरेलको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close