गणेशमान सिंह राष्ट्रिय टेनिस : पोखराका स्पन्दन उपाधी बाट चुके

पोखरा स्पोर्टस । गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाईज यु–१० तर्फको प्रतिस्पर्धामा पोखराका स्पन्दन उदास उपाधी बाट चुकेका छन् ।

प्रतियोगिता तर्फ आज भएको फाइनलमा काठमाडौका आशभ सम्राट हाडा संग सुपर टाइमा पराजित हुँदै उपाधीबाट वञ्चित भए । स्पन्दनले फाइनलमा कडा चुनौती पस्किदै पहिलो सेट ७–६ ले पराजित भए पनि खेलमा कमव्याक गर्दै ७–६ ले खेल आफ्नो पक्षमा पारे पनि अन्तिम सेट  ११–९ ले  पराजित हुँदै उपविजेतामा सिमित भए ।

यसै गरी अन्य खेलमा राजविर मानन्धर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाईज यु–१४ तर्फको उपाधी उचाल्न सफल भएका छन् । आईतबार भएको सेमिफाईनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम कोर्न सफल भएका हुन् । तर उनी युगल तर्फ भने सेमिफाईनलमा पराजित भएका छन् । युगल तर्फ प्रनभ महर्जनलाई जोडी बनाएर प्रतिस्पर्धामा उत्रेका उनी दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई वाक ओभर प्रदान गर्दै सेमिफाईनमानै यात्रा टुङ्गयाउन बाध्य भए ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १२ तर्फ दर्शिल श्रेष्ठले उपाधी उचाले । उनले बोरिस अधिकारीलाई ७–५, ६–२ ले पराजित गर्न सफल भएका हुन् । यस्तै सोही उमेर समूहको छात्रा तर्फ समृद्धि महर्जनले जित हात पारिन् । महर्जनले फाईनलमा शिभाली गुरुङ्गलाई ६–३, ७–५ ले पाखा लगाउँदै जितलाई आत्मसाथ गरेकी हुन् ।

सातदोवाटोस्थित टेनिस कोर्टमा भएको जुनियर तर्फको अन्य खेलमा छात्रा यु–१४ तर्फ सुनिरा थापा र आद्या पौडेल उपाधी निकट पुगेका छन् । सुनिराले जेनी खड्कालाई ६–४, ६–१ ले पराजित गर्दै उपाधीका लागि पौडेल संगको भेट पक्का गरेकी हुन् । पौडेलले प्रशंस मोक्तानलाई ६–३, ६–३ को सेटमा पराजित गरिन् । यस्तै छात्र तर्फ यु – १४ तर्फ आयुश्मान हजुर घले र सक्षम श्रेष्ठको जोडी तथा पोखराको दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडी फाईनल प्रवेश गरेका छन् । घले र श्रेष्ठको जोडीले स्लोक खड्का र श्रीयोग आचार्यको जोडीलाई ६–१, ६–१ को सेटमा तथा दर्शिल र श्रीजनको जोडी राजवीर मानन्धर र प्रनभ महर्जनको जोडीबाट वाक ओभर प्राप्त गर्दै फाईनल प्रवेश गरेका हुन् ।

यस्तै यसै उमेर समूहको छात्रा युगल तर्फ आध्या पौडेल र समृद्धि महर्जनको जोडीले फाईनलमा स्थान बनायो । पौडेल र महर्जनको जोडीले मालाश्री श्रेष्ठ र कृषाको जोडीलाई ६–२, ६–२को समान अन्तरले पराजित गरेका हुन् । यसैगरि सुनिरा थापा र प्रशंसा महर्जनको जोडीले पनि फाईनल यात्रा तय गरे । थापा र महर्जनको जोडीले जेन्नी खड्का र कर्मिष्ठा एन. एसको जोडीलाई ६–२, ६–२ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

सिनियर तर्फको प्रतिस्पर्धामा पुरुष युगल तर्फ निहाल जंग बहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाईनल प्रवेश गरेका छन् । थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको जोडीलाई ६–४, ६–३ ले तथा खड्का र शाहीको जोडीले ऋतीक राणा र नविन पाईजाको जोडीलाइ २–६र्, ६–१, ११–९ को कठिन जितका साथ उपाधी भिडन्त पक्का गरेका हुन् । यस्तै महिला युगल तर्फ प्रेरणा कोईरालाल र सलोनी तामाङ्गको जोडी तथा अभिलाषा बिष्ट र ईरा एम. राउतको जोडी उपाधी निकट पुगेका छन् । प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृती श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले तथा अभिलाषा र ईराको जोडीले अज्जा रेग्मी र ईभा अधिकारीको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।

पुरुष ३५ बर्ष माथिको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्ग फाईनल प्रवेश गरेका छन् । भण्डारीले भिष्म जंग गुरुङ्गलाई ६–२, ६–२ ले पराजित गर्दै फाईनलमा सिमान्त संगको भेट पक्का गरेका हुन् । सिमान्तले सुभाष बस्नेतलाई ६–०, ६–१ ले पन्छाए ।

पुरुष ४५ बर्ष माथिको स्पर्धामा सिजर गुरुङ्ग र विमल कुमार गुरुङ्गले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिजरले रोहित सुनुवारलाई ६–३, ६–१ ले तथा विमलले सुकमान तामाङ्गलाई ६–३, ६–४ ले पराजित गरे ।

पुरुष ५५ बर्ष माथिको स्पर्धामा कमल थापाले सागर केसीलाई ६–०, ६–० ले पराजित गर्दै उपाधीका लागि विमल कुमार गुरुङ्ग संगको भेट पक्का गरेका हुन् । विमलले ध्रुव गुरुङ्गबाट रिटायर्ड हर्टको आधारमा जित निकाले । २–० को अवस्थामा ध्रुव रिटायर्ड हर्ट भएका थिए ।

पुरुष ३५ बर्ष माथिको युगल तर्फ निरज थापा र लोक गुरुङ्गको जोडी क्वाटरफाईनल प्रवेश गरेको छ । निरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६–७, ६–३, ११–९ ले पराजित गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close