अन्तर्राष्ट्रिय व्राण्डका स्पोर्टस वेयर पोखरामा विक्रि वितरण शुरु, पूर्व मुख्यमन्त्री गुरुङले गरे उद्घाटन

पोखरा स्पोर्टस । चार वटा अन्तर्राष्ट्रिय व्राण्डका स्पोर्टस वेयर पोखरामा आइतबार बाट विक्रि वितरण शुरु भएको छ ।

नेपाली बजारमा उपभोक्ताले रुचाएका अन्तर्राष्ट्रिय व्राण्डका केल्मी, पुमा, पिटर इङ्ल्याण्ड र मिर्टस बोनवीका स्पोर्टस वेयर तथा क्याजुअल ड्रेसहरुको शोरुम बिपिएस मर्स्याङदी इन्टरनेशनल प्रालीले पोखराको न्यूरोडमा सञ्चालनमा ल्याएको हो ।

उक्त शो रुमको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । सो अवसरमा पूर्व मुख्यमन्त्री गुरुङले पोखराको बढ्दो शहरीकरण संगै यस प्रकारका व्राण्डेड सामाग्रीहरुको व्यवसायिक प्रतिष्ठानहरुको आवश्यक रहेको बताउँदै भने–“पोखरा अव चाँडैनै हवाई मार्गबाट अन्तर्राष्ट्रिय शहरहरु संग जोडिंदै छ त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरका सामाग्रीहरुको उपलव्धताको खाँचो पनि उत्तिकै छ ।”

गण्डकी प्रदेशमा हुने खेलकुद गतिविधिले पनि यस्ता स्पोर्टस वेयरहरुको बजार विस्तारमा सहयोग पग्ने बताउँदै पूर्व मुख्यमन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीको रुपमा अगाडी बढाउनुपर्ने खाँचो औंल्याए । उनले पोखरालाई शिक्षा, स्वास्थ्य लगायत खेलकुद क्षेत्र समेत अन्तर्राष्ट्रियस्तरका रुपमा अघि बढाउनु पर्ने कुरामा जोड दिंदै भने–“पोखरा जनसंख्याका हिसावले ठूलो शहरको रुपमा स्थापित हुँदैछ त्यसैले पनि यहाँ क्वालिटीका व्राण्डेड सामानहरुको उपलव्धताको खाँचो पनि उत्तिकै बढ्दैछ ।”

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सांसद राजिव पाहारीले पोखरा पर्यटकिय शहर भएका कारणले पनि बजारको ठूलो हिस्सा ओगट्ने व्राण्डेड सामाग्रीहरुको खाँचो पनि उत्तिकै बढ्दै गएको बताए । उनले पोखरा हवाईमार्गबाट विभिन्न देशका ठूला शहरहरु संग जोडिने भएकोले हवाई मार्ग बाट पोखरा आउने पर्यटकका लागि व्राण्डेड सामाग्रीहरुको बजार आवश्यक रहेको कुरा औंल्याए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले स्पोर्टस वेयरका व्राण्डेड सामाग्रीहरु पोखराको स्थानिय बजारमा उपलव्धताले अन्तर्राष्ट्रिय व्राण्डका कम्पनीहरु संग प्रदेश खेलकुद विकासका लागि मिलेर अघि बढ्न सकिने बताए ।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापती, शोरुमका सञ्चालक राज रम्तेल, किसान संगित लगायतले आ–आफ्ना भनाई राखेका थिए । पहिलो पटक पोखरामा आधिकारिक शो रुम सञ्चालनमा ल्याएको खुसियालीमा विपिएस मर्स्याङदीले ग्राहकहरुलाई १५ दिन सम्म कुनै पनि व्राण्डका सामान खरिदमा १५ प्रतिशत छुट दिने कम्पनीका सञ्चालक राज रम्तेलले बताएका छन् ।

र यो पनि
पोखरामा चार वटा अन्तर्राष्ट्रिय व्राण्ड कम्पनीका स्पोर्टस वेयर सामाग्रीहरु एकै थलोमा
https://pokharasports.com/2021/10/27/27751/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close