राष्ट्रिय भलिबल टिमका कप्तान इम पोखरामा सम्मानित

पोखरा स्पोर्टस । राष्ट्रिय भलिबल टिमका कप्तान इम राना पोखरामा सम्मानित भएका छन् ।

पोखरा १६ स्थित बाटुलेचौरमा रहेको हिमालय क्लबले स्थापना गरेको स्व उदय बहादुर बस्नेत स्मृति भलिबल खेलाडी सम्मानबाट कप्तान राना सम्मानित भएका हुन् । शनिबार क्लवले आयोजना गरेको एक कार्यक्रममा रानालाई नगद १० हजार सम्मानपत्र र दोसल्ला सहित उनलाई सम्मान गरिएको हो । पोखरा महा नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जीवन प्रसाद आचायर्, स्वर्गीय बस्नेतकी धर्मपत्नी गणेश कुमारी बस्नेत, पुर्व अध्यक्ष जीव नारायण श्रेष्ठले सम्मान गरेका थिए ।

क्लबका मानार्थ सदस्य समेत रहेका कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष बस्नेतको स्मृतिमा क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरी यसै वर्षदेखि सो सम्मान प्रदान गर्न शुरु गरिएको हो ।

सो अवसरमा सम्मानित रानाले यस सम्मानले आफूलाई खेल क्षेत्रमा थप प्रेरणा प्रदान गरेको बताउँदै कोष स्थापनाले समग्र खेलकुद जगतको विकासमा योगदान दिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष जीवन प्रसाद आचार्यले क्लब यस क्षेत्रकै अभिभावक भएको बताउँदै यसले खेलकुदः क्षेत्रमात्र नभई हरेक क्षेत्रमा सामाजिक जागरण ल्याएको उल्लेख गरे ।

क्लवका अध्यक्ष मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बेनी बहादुर बस्नेत, राम बहादुर बानियाँ र नव आदर्श सामुदायिक विकास समाजका कोषाध्यक्ष खुशीमान गुरुङ लगायतले आफ्नो भनाई राखेका थिए ।

यसैबीच क्लबको सम्पन्न १२ औं अधिवेशन बाट सुशील बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close