बीर गणेशमान स्मृती टेनिसमा पोखराका अर्याशलाई स्वर्ण, दर्शिल फाइनलमा

पोखरा स्पोर्टस । ललितपुरमा जारी बीर गणेशमान स्मृती टेनिसमा पोखराका अर्याश राज पौडेलले स्वर्ण पदक जितेका छन् ।

शुक्रबार सम्पन्न यू–८ मुनीको फाइनल खेलमा अर्याशले काठमाडौंका सुजन कुइकेललाई १०–५, १०–५ को सोझो सेटमा पराजित गर्दै अर्याशले स्वर्ण पदक जितेका हुन । यसै गरी यू–१२ अन्तर्गत सम्पन्न सेमीफाइनमा भने पोखराको मिश्रीत नतिजा आएको छ । उक्त क्याटोगरीमा दर्शिल श्रेष्ठले फाइनलमा स्थान पक्का गर्दा अर्का भरपर्दा खेलाडी सिर्जन भट्टराई भने पराजित भएका छन् ।

दर्शिलले आफ्नो स्वाभाविक खेल खेल्दै काठमाडौंका निशाद जोशीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरेका थिए तर अर्का खेलाडी सिर्जन भने काठमाडौका वोरिस अधिकारी संग ६–२, ६–२ को सोझो सेटमा सेमिफाइनलमा हार व्यहोरे ।

यता मेन्स सिंगल्स् ओपनतर्फ पोखराका निरज गुरुङ पोखराकै १३ औं साग पदकधारी खेलाडी नविन मगर संग ६–४, ६–२ को सोझो सेटमा पराजित भएका छन् । त्यस्तै अर्का १३ औं सागका पदक विजेता समेत रहेका पोखरका प्रदिप खड्काले काठमाडौका आर्यन गिरीलाई ७–५, ६–३ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे ।

३५ वर्ष माथीको उमेर समुहमा पोखराका नविन श्रेष्ठ र निरज थापाले आ–आफ्नो खेल जित्दा राजन पौडेल भने पहिलो चरणबाट नै वाहिरिएका छन् । नविनले काठमाडौका सञ्जय श्रेष्ठलाई ६–२, ६–१ र निरजले काठमाडौकै विशेष अमात्यलाइ ६–१, ६–४ को सोझो सेटमा पराजित गरेका हुन । तर राजन भने काठमाडौमा शुभाष बस्नेतलाई ६–२, ६–४ ले आफ्नो खेल सुम्पिएका छन् ।

यस्तै मेन्स डवल्समा पहिलो चरणको खेलमा पोखराको जोडी नेहाल जेवी थापा र अक्कि रावतको जोडीले काठमाडौका निशान श्रेष्ठ र निरज महर्जनलाई ६–२, ६–२ को सोझो सेटमा पाखा लगाउँदा पोखराको अर्को जोडी प्रदिप खड्का र अनिल शाहीले काठमाडौको गौरव प्रताप शाह र गगन महर्जनलाई ६–३, ६–० ले पाखा लगायो । त्यसै गरी नविन मगर र ऋतिक रानाको जोडीले काठमाडौको अर्यान गिरी र दावा शेर्पालाई ७–५ र ७–६ ले कठिन जित निकाल्न सफल भए ।

४५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको खेलमा गोपी भट्टराईले काठमाडौका मनोज श्रेष्ठलाई ६–१, ६–२ को सोझो सेटा पराजित गरेका छन् । ४५ वर्ष माथीकै भेट्रान्स डवल्समा भने पोखराका लोक बहादुर गुरुङ र नविन चालिसे (गिता)को जोडी काठमाडौको यज्ञ भण्डारी र रोहित सुनुवार संग ६–२, ७–६ को सोझो सेटमा पराजय व्यहोरेका छन् ।

नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनामा सातदोवाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको लागत करिव २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, डवल्स तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै पुरुष सिंग्लस् ३५ बर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, डवल्स्ले २५, १५ र १० हजार, ४५ बर्ष माथि सिंग्लस् तर्फका शिर्ष तीनले ३०, १५ र ५, डवल्स् तर्फ २०, १०, १० हजार, ५५ बर्ष माथि सिंग्लस्ले २० हजार, १० हजार र ५ हजार तथा डवल्स्मा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ बर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close