
पोखरा स्पोर्टस । गणेशमान सिंह फाउण्डेशन र बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित ”बीर गणेशमान सिह राष्ट्रीय टेनिस प्रतियोगिता” सातदोबाटो स्थित टेनिस कम्प्लेक्समा शुरु भएको छ ।

कार्तिक १६ गते सम्म संचालन हुने ८ दिने प्रतियोगिताको नेपाली कांग्रेसका नेता एब गणेशमान सिह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिहले एक समारोहका विच उद्घाटन गरेका छन् । सो अवसरमा नेता सिहले नेपाली राजनीतिका राजनेता एवं लौह पुरुष गणेसमान सिहले प्रजातान्त्रिक आन्दोलनमा गर्नुभएको योगदानलाई सदैव स्मरण गर्न बिभिन्न खेलकुदका कार्यक्रमहरु संचालन गर्दै आईरहेको उल्लेख गरे ।
कार्यक्रममा बीर गणेशमान सिह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव तुलाधर, नेपाल टेनिस संघका महासचिव मनोहर दास मुल र नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा सिनियर र जुनियर तर्फ महिला र पूरूषमा बिभिन्न २३ ईभेन्टमा करिव २२५ खेलाडीहरुको सहभागिता रहेको फाउण्डेशनका राजन खत्रीले जानकारी दिएका छन् । बिजयी खेलाडीहरुलाई विभिन्न इभेन्टमा गरी कूल ७ लाख २५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजक भास्करमान सिंहले बताए । प्रतियोगिता अन्तरगत आज पूरुष डबल्स, छात्र–छात्रा जुनियर तथा सिंगल्स, पूरुष ४५ र ६५ वर्ष उमेर समुहका पहिलो चरणका खेलहरु संचालन भएका छन ।
