पोखराको फुटवल टिमलाई युवा पर्यटन व्यवसायी जितु गुरुङ्गले गरे जर्सी सहयोग

पोखरा स्पोर्टस । युवा पर्यटन व्यवसायी जितु गुरुङ्गले पोखराको फुटवल टिमलाई जर्सी सहयोग गरेका छन् । लेकसाइडस्थित बरपिपल रिसोर्टका चियरम्यान गुरुङ्गले रिसोर्टको तर्फबाट पोखरेली टिमलाई २० थान जर्सी हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।

‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा काठमाडौँमा हुन लागेको भेट्रान्स लिगमा भाग लिन जान लागेको टिमलाई उनले जर्सी सहयोग गरेका हुन् । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ्गलाई उक्त जर्सी हस्तान्तरण गर्दै सहयोगी गुरुङ्गले पोखरेली फुटवलरहरुको हौसलाका लागि सहयोग गरेको बताए । पोखराको प्रतिनिधित्व गर्दै खेल्न जाने टिमको सफलता पोखरासंग जोडिएको भन्दै उनले टिमलाई जितको शुभकामना समेत व्यक्त गरे ।

असोज ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको लिगमा १६ खेलाडी सहित पोखरा भेट्रान्सले सहभागिता जनाउन लागेको टिम संयोजक हिटलर घलेले जानकारी दिए । लिगमा सहभागि हुने खेलाडीहरुमा संयोजक घलेसहित इश्वर गुरुङ (चन्द्र), विजय गुरुङ, खिम गुरुङ, गंगा तामाङ, राजु तामाङ, संजय गुरुङ, महेन्द्र गुरुङ, सूर्य पुन, नरेन्द्र गुरुङ, सुरज गुरुङ, लक्षु गुरुङ, दिलिप रायमाझी, मनोज गुरुङ, शंकर केसी, दिपेन्द्र तामाङ, दिलिप गुरुङ र कन्या गुरुङ रहेका छन् ।
तस्विरः गिता राना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close