गणेशमान सिंह स्मृती राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागि हुने कास्कीको टोलीलाई विदाई

पोखरा स्पोर्टस । विर गणेशमान सिंह स्मृती टेनिस प्रतियोगितामा सहभागि हुने कास्कीको टेनिस टोलीलाई विदाई गरिएको छ ।

यहि कार्तिक ९ गते १६ गते सम्म काठमाडौंमा आयोजना हुने उक्त टेनिस प्रतियोगितामा कास्की बाट सहभागि हुने २४ सदस्यिय टोलीलाई कास्की जिल्ला टेनिस संघले आइतबार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । कास्की जिल्ला टेनिसका सल्लाहाकार बसन्त प्रधान, कार्यसमिती सदस्यहरु राजेन्द्र प्रसाद घिमिरे, शान्ती उदास, भिष्मराज पौडेल, टेनिस अभिभावक संघका गौतम उदास, पत्रकारद्वय केशव पाठक र विनोद लामिछानेले विदाई गरेका थिए ।

संघका अध्यक्ष लोक गुरुङको नेतृत्वमा प्रतियोगितामा कास्कीको टोलीले यू–८ देखि ५५ वर्ष माथी सम्म विभिन्न इभेन्टमा सहभागिता जनाउने भएको छ । जस अनुसार यू–८ सिंग्लस्मा अर्याश राज पौडेल, यू–१० मा सिंग्लस्मा स्पन्दन उदास र दोजान गुरूङ, यू–१२ सिंगल्समा स्पन्दन उदास, दर्शिल श्रेष्ठ, दोजान गुरूङ, सृजन भट्टराई र सास्वत ब्रजाचार्य तथा यू–१४ सिंग्लस्मा दर्शिल श्रेष्ठ, र सास्वत ब्रजाचार्यले प्रतिष्पर्धा गर्ने नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले जनाकारी दिएका छन् ।

त्यस्तै पुरूष खुल्ला सिंगल्समा प्रदिप खड्का, नविन पाइजा, निहाल जेवी थापा, निरज गुरूङ, गोविन्द नेपाली र प्रञ्जाल कायस्थको सहभागिता रहने छ भने डवल्समा प्रदिप र प्रञ्जालको जोडी, नविन र ऋतिक राना, निहाल र अकि जुवेन रावत, निरज र गोविन्द नेपालीको छुट्टा–छुट्टै जोडी प्रतियोगितामा भिड्ने छन् ।

महिला तर्फको खुल्ला सिंगल्समा प्रतिष्पर्धामा श्रेया भट्टराई, रोमिका वुद्धाचार्य र प्रिती बरालको सहभागिता हुने छ भने डव्लस् तर्फ श्रेया र शुभाङ्गी लामा शाह तथा रोमिका र प्रितीको जोडीले प्रतिष्पर्धा गर्नेछन् ।

त्यस्तै ३५ वर्ष माथीको सिंग्लस् प्रतिष्पर्धामा नविन श्रेष्ठ, राजन पौडेल र निरज थापा र डवल्स तर्फ निरज थापा र लोक बहादुर गुरुङ तथा नविन श्रेष्ठ र राजन पौडेलको जोडीले कास्कीको प्रतिनिधित्व गर्नेछ । त्यस्तै ४५ वर्ष माथी शरण गुरुङ, गोपी भट्टराई, गिताराज शर्मा चालिसे (नविन), विनोद कायस्थ, अनुज कुमार बास्तोला र समिर शेरचन भिड्ने छन् भने डवल्समा शरण/गोपी तथा लोक/गिताराज (नविन)को जोडीले सहभागिता जनाउने छन् । ५५ वर्ष भन्दा माथी समिर शेरचनको सहभागिता रहने संघले जनाएको छ ।

नेपाली राजनीतिका लौह पुरुष वीर गणेशमान सिंहको स्मृतीमा गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनामा सातदोवाटोस्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको लागत करिव २० लाख रहेको आयोजकले जनाएको छ । जसमा शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकल तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, डवल्स तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै पुरुष सिंग्लस् ३५ बर्ष माथिका शिर्ष तीनले नगद ४०, २० र १० हजार, डवल्स्ले २५, १५ र १० हजार, ४५ बर्ष माथि सिंग्लस् तर्फका शिर्ष तीनले ३०, १५ र ५, डवल्स् तर्फ २०, १०, १० हजार, ५५ बर्ष माथि सिंग्लस्ले २० हजार, १० हजार र ५ हजार तथा डवल्स्मा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ बर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close