वोमेन्स पावर लिफ्टिङ च्याम्पियन बनिन नेहा

पोखरा स्पोर्टस । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वेमेन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जितेकी छन् ।

पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा १७ प्रतिष्पर्धीलाई उछिन्दै नेहाले ओभर अलतर्फ च्याम्पियन बनेकी हुन् । ६० केजि तौल समुहकी नेहाले सवै तौल गरी कुल ३४१ केजी तौल भार उठाएकी थिइन । उनले उपाधि संगै नगद ८० हजार र ५० हजार पर्ने आकर्षक वेल्ट समेत प्राप्त गरेकी छन् । नेहा ६० केजी तौल मुनीको समुहमा प्रथम समेत भएकी हुन् ।

त्यसै गरी प्रतियोगितामा ६० केजी मुनीको समुहमा पुनम तामाङ दोश्रो र ज्योती थापा तेश्रो भइन । प्रतियोगिता अन्तर्गत नै भएको ६० केजी भन्दा माथीको समुहमा शर्मिला शाह प्रथम भएकी छन् भने सिमा गुरूङ द्वितिय र कोमल थापा तृतिय भएकी छन् ।

प्रतियोगितामा ६० केजी भन्दा माथिको र ६० केजी भन्दा तल दुवै बिधामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा विजेता खेलाडीलाई पदक, नगद तथा वेल्ट गण्डकी प्रदेश सरकारका यूवा तथा खेलकुद मन्त्री राजिव गुरूङ, प्रतियोगिता मुख्य प्रायोजक संस्थाका तर्फबाट आइडिया फोर वर्ल्डकी निर्देशक रोजिना प्रधान राई, अन्नपूर्ण केवलकारका अध्यक्ष तिर्थराज त्रिपाठी, नेपाल शारिरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेशराज भण्डारी, महासचिव राजन श्रेष्ठ लगायतले पुरस्कार नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

मन्त्री गुरूङले गरे उद्घाटन
खेलकुद मार्फत महिला शसक्तिकरणका लागि पहिलो पटक गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वेमेन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ को उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरूङले गरे । उनले सो अवसरमा खेलाडीलाई हौसला दिंदै आफै ‘पावर लिफ्ट’ मात्रै गरेनन उनले यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट प्रतियोगिताको सफलताका लागि नगद २५ हजार दिने घोषणा समेत गरे ।

यस अघि सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, आइडिया फोर वर्ल्डकी निर्देशक रोजिना प्रधान राई, अन्नपूर्ण केवलकारका अध्यक्ष तिर्थराज त्रिपाठी, नेपाल शारिरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेशराज भण्डारी, महासचिव राजन श्रेष्ठ लगायतले यस प्रकारका कार्यक्रमले खेलकुद मार्फत पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

पोखरालाई खेल पर्यटन मार्फत चिनाउँदै आन्तरिक पर्यटन प्रवर्द्धनमा विश्वास संगै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्दै अन्य खेल जस्तै पावर लिफ्टिङ खेललाई राज्यले लगानी गर्ने वातावरण सृजना गर्न सहयोग पुग्ने हेतुले प्रतियोगिता आयोजना गरिएको गोर्खा क्लासिक नेपालका अध्यक्ष कुमार गुरूङले पोखरा स्पोर्टसलाई बताए ।

प्रतियोगितामा आइडिया फोर वर्ल्ड युके नामक कम्पनीले शीर्ष बिधागत पुरस्कार रु ८० हजार, युके नेपाल इन्टरनेश्लल फेडरेसन बडिबिल्डिङ लिग युके, गोर्खा वाच युके, तोल्का भिलेज रिसोर्ट, दि कल्चर रिर्सोट खहरे, मेरी कफी, ढोरबाराही ज्वेलर्स लगायतका संघसंस्था एबं कम्पनीहरुले प्रायोजन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close