
पोखरा स्पोर्टस । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनल यात्रा तय गरेको छ ।
मालदिभ्समा जारी खेलमा बंगलादेश विरुद्ध १–१ को गोलको वरावरी खेल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो । खेलमा पहिलो गोल वंगालादेशले पहिलो हाफको आठौं मिनेटमा सुमन रेजाको गोल बाट अग्रता लिएको थियो ।
खेलको दोस्रो हाफमा अन्जन विष्टलाई लडाए पछि पाएको पेनाल्टीलाई अन्जनले नेपालका लागि वरावरी गोल फर्काउँदै नेपाललाई फाइनलमा पुर्याएका थिए ।
जित संगै नेपालले ७ अंकका साथ फाइनलमा पुगेको हो ।
