पोखरा महानगर १० किमि महिला तथा पुरुष दौडमा सेनाको वर्चश्व

पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितीले पहिलो पटक आयोजना गरेको १० किमि महिला तथा पुरुष खुल्ला दौडमा नेपाली सेनाका धावकहरुले जितेका छन् ।

पोखरामा विहिबार आयोजित १० किमि खुल्ला पुरुष तथा महिलातर्फ नेपाली सेनाका धावकहरुले वर्चश्व जमाएका हुन । पुरुषतर्फ नेपाली सेनाका नरेन्द्रसिंह रावत ३९ मिनेट ७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम भएका छन् । त्यस्तै ४० मिनेट ५ सेकेण्डमा दुरी पार गर्दै सेनाकै रामजी बस्नेत दोश्रो भएका छन् भने सशस्त्र प्रहरीका निरज भट्ट क्षेत्री ४० मिनेट १५ सेकेण्डमा दुरी पुरा गर्दै तेश्रो भए ।

यता महिला १० किमितर्फ तिन वटै पदक नेपाली सेनाका धावकहरुले कव्जा गरे । ५१ मिनेट ३८.२ सेकेण्डमा दुरी पार गर्दै नेपाली सेनाकी समेकली जैसी प्रथम, ५३ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै गोमा पुन द्वितिय र ५५ मिनेट ५१. ८ सेकेण्डमा दुरी पुरा गर्दै मनसरा कुमाल तृतिय भइन् ।

प्रतियोगिता अन्तर्गत विद्यालयस्तरीय ५ किमि छात्रा तर्फ दौडमा कास्की मोर्डनाइज्डकी यमुना थापाले २५ मिनेट २५.८ सेकेण्डमा पुरा गर्दै प्रथम भएकी छन् । राष्ट्रिय माविकी छात्रा संगीता विकले २६ मिनेट २५.५ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा कास्की मोर्डनाईज्डकी दिलमाया पुलामीले २७ मिनेट १७.२सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल भइन ।

छात्र तर्फको ५ किमि दौडमा जनप्रिय माविका प्रविन शेर्पाले २६ मिनेटमा ५ किलोमिटर दुरीलाई पुरा गर्दै प्रथम भए भने छोरेपाटनका मनोज रोकामगरले २२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै दोस्रो र सिद्ध माविका विमल पुन मगरले २६ मिनेट २६ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान प्राप्त गरे ।

विजेता छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ र महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेतालाई १५, १० र ७ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता धावकहरुलाई पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार समितीका सदस्य सचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी, जिल्ला खेलकुद विकास समितिका कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले नगदसहित पदकतथा प्रमाणपत्र वितरण गरेका थिए ।

दौडमा ५ किमि छात्र–छात्रातर्फ ३३२ जना, खुल्ला १० किमि महिला तथा पुरुष दौडतर्फ करिव ३०० जना सहभागिता रहेको थियो ।

यस अघि दौडको उदघाटन पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी थिइन् । उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, पोखरा महानगर पालिकाका प्रवक्ता धन बहादुर नेपाली लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close