साफ च्याम्पियनसिपः श्रीलंका विरुद्ध नेपालको रोमाञ्चपूर्ण जित

पोखरा स्पोर्टस । साफ च्याम्पियनसिप अन्तर्गत सोमबार राती भएको खेलमा नेपालले श्रीलंका विरुद्ध सनशनीपूर्ण जित हासिल गरेको छ ।

मालदिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गर्दै साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न वलियो सम्भावना कायम गरेको हो । नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले शतप्रतिसत खेल जित्दै ६ अंकका साथ फाइनलमा पुग्ने सम्भावनालाई वलियो बनाएको छ ।

नेपालले श्रीलंका विरुद्ध खेलको ३० औं मिनेटमा सुमन लामाले गोल गर्दै अग्रता दिलाएका थिए । नवयुग श्रेष्ठको पासमा सुमनको प्रहारलाई श्रीलंकाका कीपर सुजन परेराले रोक्ने प्रयास गरे पनि विफल भयो । गोल लाइन बाट परेराले बल जोगाउन प्रयास गरेका थिए तर रिप्लेमा बल गोल भएको देखएपछि नेपालले अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० को अग्रता लिएर नेपालले दोस्रो हाफको सुरुवतामानै अञ्जन बिष्टको गोलबाट अग्रता दोब्बर पार्ने शानदार मौका पायो । ५०औं मिनेटमा अन्जनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । अन्जनले रिबाउण्डमा पाएको बललाई कुनै गल्ती नगरी श्रीलंका विरुद्ध गोल गरे ।

५६ औं मिनेटमा श्रीलंकाका ह्यामिल्टनले गोलमा श्रीलंकाले आफ्नो अग्रता घटाउन प्रयास गर्यो । लगतै नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुष घलालनले ८३औं मिनेटमा गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । टिमकालागि आयुषले गरेको यो पहिलो गोल हो । यता श्रींलंकाले अतिरिक्त समयको पहिलो मिनेटमा नेपाल विरुद्ध थप एक गोल गर्ने अवसर जुरायो । उक्त गोल पेनाल्टी मार्फत भएको थियो ।

साफ च्याम्पियनसिप अन्तर्गत नेपालले अक्टोबर १० मा भारत र १३ अक्टोबरमा बंगलादेशसँग खेल्नेछ ।
तस्विरःएन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close