एनभिए राष्ट्रिय भलिवलः साविक विजेता न्यु डायमण्डले उचाल्यो ट्रफी

पोखरा स्पोर्टस । साविक बिजेता विभागिय टोली एपिएफ क्लब लाई पराजित गर्दै होङ्गवान्जी न्यू डायमण्ड क्लबले वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका साथ ट्रफी उचालेको छ ।

शनिबार सम्पन्न खेलमा डायमण्डले एपिएफ माथि ३–१ को जित निकाल्दै ट्रफी उचालेको हो । राष्ट्रिय खेलाडीहरुको बर्चस्व रहेको विभागिय टोली संग पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्ड त्यस पछि सम्हालिंदै लगातार तीन सेट आफ्नो पक्षमा पार्दै उपाधी जित्न सफल भएको हो । दोश्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेश्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जित्दै उपाधीलाई आफ्नो पक्षमा पारेको हो ।

सेनाको त्रिभुवन आर्मी क्लबले पुलिसलाई पराजित गदै तेश्रो स्थान प्राप्त गर्‍यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सहज जित निकाल्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।

महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिईन् । यस्तै वेष्ट सर्भरमा सेनाकी संगम महतो, वेष्ट डिफेन्डरमा डायमण्डकै सलिना महर्जन, वेष्ट सेटरमा डायमण्डकी अरुणा शाही, वेष्ट स्पाईकरमा सेनाकी शान्ती थारु, वेष्ट ब्लकरमा एपिएफकी सरस्वती चौधरी घोषित भए । यस्तै डायमण्डका कुमार राई महिला तर्फको उत्कृष्ट प्रशिक्षक बन्न सफल भए ।

च्याम्पियन टोलीले नगद ४ लाख प्राप्त गर्‍यो भने उपबिजेता टोलीले नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो भएको सेनाको त्रिभुवन आर्मी क्लबले नगद १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्‍यो ।

यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजारका साथै विधागत तर्फका सवैले जनही १० हजार ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close