
पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघको केन्द्रिय अध्यक्षमा प्रकाश सम्शेर राणा सहित सम्पूर्ण कार्यसमिती सर्वसम्मत चयन भएको छ ।
लुम्विनीको भैरहवामा सम्पन्न संघको चौथो महाधिवेशनले राणा सहित १७ सदस्यिय कार्यसमिती सर्वसम्मत चयन भएका हुन । अध्यक्ष पदमा राणाले निरन्तरता पाएका छन् । अधिवेशनले संघको तिन जना उपाध्यक्षमा सञ्जिव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत भएका छन । उपाध्यक्षमा आकांक्षी रहेका भोज बहादुर शाहले नाम फिर्ता लिए पछि निर्वाचन प्रक्रिया सर्वसम्मत भएको हो । यसै गरी दिपराज गुरुङ पुनः अर्को चार वर्षका लागि महासचिवमा सर्वसम्मत चयन भएका छन भने कोषाध्यक्षमा काशिम मियाँ धोबी निर्वाचित भए ।
अधिवेशनले आगामी चार वर्षका लागि कार्यसमिती सदस्यमा कुमारलामा घिसिङ, साम्राज्य विक्रम पाण्डे, सुमन पराजुली, नन्दा वस्याल, रवि थापा, राम गिरी, दिपेन्द्र चन्द्र ठकुरी, मदन केसी, गुरु प्रसाद गौतम, मणिराज विष्ट र कोशिष खड्का निर्विरोध निर्वाचित भएका छन् ।
खेल संघ भित्र हुने चरम गुटवन्दीलाई थाती राख्दै सर्वसम्मत हुनुले पनि तेक्वान्दो संघमा अनुशासन महत्वपूर्ण रहेको खेल विश्लेषकहरुको भनाई छ ।
चौथो अधिवेशनको उद्घाटन संघीय सांसद प्रमोद यादवले गरेका थिए । उनले तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएको बताउँदै राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी संघीय सांसद इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश शिवाकोटी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले चौथो अधिवेशन सफलता र नयाँ पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्र सम्मानित गरिएको थियो ।
