एमाले वडा नं १८ द्वारा युवा क्लवहरुलाई खेल सामाग्री हस्तान्तरण

पोखरा स्पोर्टस । नेकपा एमाले वडा नं १८ कमिटीले खेलकुदको विकासलाई मध्येनजर गर्दै यूवा तथा महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न टोलका यूवा क्लवहरुलाई खेल सामाग्री संगै विभिन्न टोलका आमा समुहहरुलाई वाद्यवादन सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

वडा कमिटीले वडाका विभिन्न ३४ वटा आमा समुह र १४ वटा यूवा क्लवहरुलाई ति सामाग्री प्रदान गरिएको वडा पार्टी अध्यक्ष पुष्कल बहादुर थापाले जनाएका छन् । अध्यक्ष थापाले यूवा क्लव र आमा सुमहलाई करिव २ लाख ५० हजार बरावरको सामाग्री हस्तान्तरण गरिएको बताए । उनले वडा नं १८ लाई शुखी र समृद्धी निर्माणको अभियानमा जोड्न संगै अनुशासित नागरिक उत्पादनका लागि खेल सामाग्री संगै वाद्यवादनका सामाग्री वितरण गरिएको बताए ।

करिव एक साता लामो अभियान अन्तर्गत शनिवार भएको समापन कार्यक्रममा पोखरा १८ सराङकोटका युवा क्लव तथा आमा समुहहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले ति सामाग्री हस्तान्तरण गर्दै खेलकुद आम नागरिको नैसर्गिक अधिकार भएकोले त्यस बारे समाजमा चेतना जागृत हुनुपर्ने कुरा बताए । “खेलकुद अधिकार मात्रै होइन यसले समाजको विभेद हटाउन, घरेलु हिंसाको अन्त्य संगै शान्ती र विकासको लागि महत्वपूर्ण छ ।”

सराङकोटको समृद्धि र विकास संगै नमुना सराङकोट निर्माण अभियानमा यस प्रकारका अभियानहरुले महत्वपूर्ण भूमिका खेल्ने सदस्य सचिव गुरुङले बताउँदै समाजको अर्थतन्त्र र खेलकुद पर्यटनको विकासका लागि समेत खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिए । उनले खेलकुद संग सांस्कृतिक पक्ष पनि जोडिएको महिलाहरुलाई खेलकुद र सामाजिक कृयाकलापमा कृयाशिल बनाउन वाद्यवादन सामाग्रीको वितरणले उर्जा प्रदान गर्ने बताए ।

पोखरा महानगर पालिका वडा नं १८ की कार्यपालिका सदस्य सरला नेपालीले सराङकोटको विकासले पछिल्लो समयमा गति लिएको बताउँदै महिलाहरुलाई आफ्ना छोरा–छोरीलाई खेलतर्फ आकर्षित गर्न आग्रह गर्दै भनिन–“महिलाहरु आफ्नो अधिकारका लागि अगाडी आएमा अधिकार प्राप्तीको लडाँई जित्न सहज हुनेछ ।”

सो अवसरमा पोखरा १८ सराङकोटका वुद्धिजिवी मिन बहादुर थापा, पार्टीका उपाध्यक्ष अरुण थापा, यूवा क्लवका दिपेन्द्र थापा, आमा समुहकी शर्मिला विश्वकर्मा, यूवा संघका केन्द्रिय सदस्य शुसिल जिसी, अग्रज व्यक्तित्व डिल बहादुर जिसी लगायतले सकारात्मक सोच, मनोरंजन संगै शारिरिक व्ययामका लागि खेलकुद र सांस्कृतिक एक अर्काका आयाम रहेको बताए ।

सदस्य सचिव गुरुङ द्वारा खेल मैदानको निरिक्षण
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरा १८ सराङकोट स्थित भूमरे गौरा खेल मैदानको निरिक्षण गरेका छन् । नेपालकै एक प्रमुख पर्यटकिय गन्तव्यमा रहेको उक्त खेल मैदान निर्माणका लागि परिषदका तर्फ बाट आफ्नो पहल रहने सो अवसरमा सदस्य सचिव गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close