लोकतान्त्रिक खेलकुदको व्यवस्थापनमा पोखरा रंगशालामा खोप वितरण हुने

पोखरा स्पोर्टस । नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकीको व्यवस्थापनमा पोखरा रंगशालामा कोभिड विरुद्धको खोप वितरण हुने भएको छ ।

लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले पोखरा स्पोर्टसलाई उक्त कुराको जानकारी दिंदै शुक्रबार ११ बजे बाट ३ सय जना खेलाडीलाई खोप वितरण गर्ने तयारी भएको हो । उनले भने–“खोप वितरणको सम्पूर्ण व्यवस्थापनका लागि कास्की लोकतान्त्रिकका अध्यक्ष नविन पुनलाई दिएका छौं जिल्ला लोकतान्त्रिक कास्कीले यसका लागि विशेष व्यवस्था मिलाएको र कुपन वितरण गरेको छ ।”

जिल्ला प्रशासन कार्यालय कास्की बाट प्राप्त ३ सय खोप विशेष गरी तेक्वान्दो, फुटबल, वक्सिङ र अन्य प्रशिक्षणमा सक्रिय रहेका खेलाडीलाई वितरण गरिने अध्यक्ष पोखरेलले बताए ।

स्मरणिय के छ भने केही साता अघि पोखरा रंगशालामा करिव ४ सय भन्दा वढी खेलाडीलाई राखेप, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद कास्की र पोखरा महानगर खेलकुद विकास समितीको समन्वयमा खोप वितरण गरिएको थियो ।

कास्कीमा खेलाडीलाई खोप वितरण भइरहे पनि गण्डकी प्रदेशका अन्य १० जिल्लाका खेलाडी र प्रशिक्षकहरुले अहिले सम्म कोभिड विरुद्धको खोप नपाएको भन्दै असुन्तुष्टि प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close