एनभिए भलिबलः पुरुष तर्फ पुलिस र गण्डकी समुहको अन्तिम आठमा

पोखरा स्पोर्टस । विभागिय टोली नेपाल पुलिस क्लब ‘वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८’ मा बुधबार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह बी बाट बिजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ ।

पुलिसले समूह चरणमा तीन खेलमा बिजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो । पुलिसले गण्डकीलाई २५–१४, २५–१४, २५–१८ को सहज जित निकालेको हो । पुलिस संग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको छ ।

यस्तै सोही समूहको अर्थहिन खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३–१ को सान्त्वना जित निकाल्यो । मणिमुकुन्दले दावाँलीलाई २५–१६, २१–२५, २५–१५ र २५–२३ ले पराजित गरेको हो ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतिय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले सनसनीपूर्ण खेलमा गलकोट स्पोर्टस् क्लबमाथि ३–१ को जित निकाल्यो । हेल्प नेपालले गलकोटलाई २५–१८, २२–२५, २५–२२ र २५–१९ ले पराजित गर्दै समूह ए को बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो । यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपबिजेता भयो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close