“शुरुमा कसैले विश्वास नै गरेको थिएन, तर राष्ट्रिय फुटसल लिग सफल हुँदैछ”– संयोजक श्रेष्ठ

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठित फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसल लिग सफलताका साथ अघि बढेको बताएका छन ।

गत असोज २ गते बाट सञ्चालन भएको राष्ट्रिय फुटसल लिग बारे आफ्ना भनाई राख्दै संयोजक श्रेष्ठले उक्त कुरा बताएका हुन । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले भने–“हामीले शुरुमा फुटसल लिगको छनोट खेलहरु प्रदेशहरुमा गर्दा कसैले विश्वास नै गरेको थिएन, हामीले निकै मेहनत गरेका छौं र हाज हामी पोखरामा राष्ट्रिय लिगको आधा चरणहरु सफलताका पार गरिसकेका छौं ।”

नेपाली फुटसलमा खेलाडीहरुमा अझै पनि फुटसल र फुटबल बारे आ–आफ्नै वुझाई रहेको धारणा अघि सार्दै एन्फाका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले भने–“हाम्रा खेलाडीहरुले फुटसलाई अझै पनि फुटबलको रुपमा खेलिरहेका छन् । हामी उनीहरुलाई फुटसल के हो भन्ने बारे वुझाइ रहेका छौं । शुरुका दिनका प्रतियोगिताहरुमा भन्दा अहिले धेरै सुधारिएको फुटसल खेलाडीहरु बाट पदर्शन भइरहेको छ । यसमा हामी निकै खुसी छौं ”

नेपालमा ग्रास रुट बाट नै फुटसल खेलको विकास गर्ने बताउँदै संयोजक श्रेष्ठले यसका लागि योजनावद्ध रुपमा अघि बढ्ने बताए । “हामी अव नयाँ योजनाका साथ अघि बढिरहेका छौं, अव फुटसलमा राम्रो खेलाडी उत्पादन हुने मात्रै होइन फुटवल खेलको सहकार्यको रुपमा समेत अघि बढ्ने छ,” उनले भने । फुटसललाई ग्रास रुट बाट वुझाउन अझै पनि जरुरी रहेको उल्लेख गर्दै फुटबल र फुटसल छुट्टा–छुट्टै खेल हो भन्ने बुझाउन र यसका ‘लज अफ दि गेम’का रुपमा अघि बढाउन फुटसल कमिटी प्रतिवद्ध रहेको समेत बताए ।

राष्ट्रिय लिगमा भएका गल्ति भएका कुराहरु लाई समिक्षा गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुलाई ल्याएर पनि नेपालमा फुटसलको विकास गर्ने बताए । “नेपालमा फुटसल पनि उत्तिकै महत्व दिइन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय रुपमा समेत पदर्शन गर्न आवश्य रहेको छ” उनले भने–“हामीले लिगलाई जिल्लाहरुमा विस्तार संगै क्लवहरुको गठनका लागि पनि हामी योजना सहित कार्यविधी बनाएर अघि बढ्ने छौं ।”

पोखरा आफैमा पर्यटकिय शहर र खेलप्रेमी शहरको रुपमा भएकोले पनि फुटसल लिग पोखरामा आयोजना गरिएको बताउँदै फुटसल खेलका लागि वहुउद्धेश्यिय कभर्डहल भएको र व्यवस्थित रुपमा तथा सहज रुपमा सञ्चालन भइरहेको बताउँदै पोखरेली दर्शकलाई कभर्डहलमा आएर फुटसल खेल हेर्न र वुझ्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close