एनभिए राष्ट्रिय भलिवलः गण्डकी प्रदेशको पहिलो जित

दुई जित निकाल्दै पुलिस र गलकोट अग्र स्थानमा

पोखरा स्पोर्टस । काठमाडौमा जारी “छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८” अन्तर्गत गण्डकी प्रदेश पुरुष टिमले पहिलो जित निकालेको छ ।

गण्डकीले जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले प्रदेश नं १ को दावाँली मिलन क्लबमाथि ३–१ को जित निकालेको हो । दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५–१२, २५–२२, २०–२५ र २७–२५ को जित दर्ता गरेको हो । जित संगै गण्डकीले ३ अंक शुरक्षित गरेको छ । मंगलवार गण्डकी लुम्विनीको मणीमुकुन्द संग दोश्रो खेल खेल्ने नेपाल भलिवल संघका कार्यवाहक अध्यक्ष याम गुरुङले जनाएका छन । जारी खेलमा दावाँलीले आफ्नो दुवै खेल गुमाएको छ । उद्घाटन खेलमा दावाँली नेपाल पुलिस संग पराजित भएको थियो ।

यस्तै नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन् । पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । पुलिस समूह बि मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो ।

यसै गरि गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै दोश्रो दिन पनि गलकोटले प्रदेश नं. २ माथि जित निकाल्दै थप तिन अंक जोडेको हो । गलकोटले बागमती प्रदेशलाई २५–२३, २५–२१ र २५–१८ ले पराजित गरेको हो ।

सोमबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुवात गर्दै बागमती प्रदेश माथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै ३ अंक जोडेको छ । समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतिय खेलाडीहरुलाई प्रार्थमिकतामा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close