पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी ज्वालालाई पितृ शोक

पोखरा स्पोर्टस । पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी ज्वाला थापा लाई पितृ शोक परेको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चकी कार्यसमिती सदस्य समेत रहेकी ज्वालाका वुवा मन बहादुर थापाको ९४ वर्षको उमेरमा शनिवार पोखरा ८ नयाँबजार स्थित आफ्नै निवासमा निधन भएको हो । ज्वालाले आफ्नी आमा गुमाएको ठिक १२ दिन पछि वुवा गुमाएकी हुन ।

आमा वुवा दुवैको एउटै उमेर (एक दिनको फरक) र लामो समय देखि उपचाररत रहेकोले ज्वालाले आफ्नो कर्म थलो युके छोडेर पोखरामा रहेर सेवा गरेरहेकी थिइन । २ छोरा र ४ छोरी रहेका उहाँको शनिवार नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

मञ्चकी कार्यसमिती सदस्य ज्वालाको वुवाको निधनमा मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गरेका छन । उनले १२ दिनको अन्तरालामा परिवारमा परेको यो चोटले मञ्च परिवार मर्महात भएको जनाउँदै मृतक आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनामा समवेदना प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close