सहारा युकेको नयाँ लोगो सार्वजनिक

पोखरा स्पोर्टस । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले नयाँ लोगो सार्वजनिक गरेको छ ।

सन २००८ मा स्थापना भएको सहारा युकेको नयाँ लोगोमा विश्वमा चर्चित ‘भर्जिन’ हिमालको परिचित नेपालको माछापुच्छ्रे र विश्वकै चर्चित लण्डन व्रिजलाई लोगोमा प्रतिकको रुपमा समेटिएको छ ।

नयाँ लोगो सार्वजनिक गरिएको बारे जानकारी दिंदै सहारा युकेका अध्यक्ष कुमार गुरुङले सहारा युके बेलायतमा स्थापना भएको हुनाले यसलाई त्यही अनुरुप लोगो तयार गरिएको बताए । उनले भने–“पुरानो लोगोमा हिमाल र नमस्कार गरेको प्रतिक चिन्ह थियो, हामीले संस्था युकेमा स्थापित भएको हो भन्ने चिनाउन पनि लोगोमा युकेको कुनै प्रतिक चिन्ह राख्नु थियो । त्यसैले पनि हाम्रो वर्तमान कार्यसमितीले नयाँ लोगो बनाउन प्रस्ताव गरे अनुसार नयाँ लोगो सार्वजनिक गरेका हौं ।”

खेलकुद र सामाजिक क्षेत्रमा उल्लेख्नीय योगदान दिंदै आएको सहारा युकेले सहारा क्लवले पोखराले सञ्चालन गर्दै आएको पोखरा १७ स्थित सहारा एकेडेमीको स्थापनमा अग्रणी भूमिका खेलेको छ भने हरेक वर्ष पोखरामा हुने आहा ! रारा गोल्डकपमा समेत सहयोग गर्दै आएको छ ।

युकेमा आफ्नै फुटबल एकेडेमीको शुरुवात गरेको सहारा युकेले पोखरामा नेपाली अग्रज खेलाडीहरुले सञ्चालन गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथन, बगर भाई खलकले आयोजना गर्ने अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा समेत सहयोग गर्दै आइरहेको छ । यसै गरी पोखरामा रहेको नौलो घुम्ती नेपाल लगायत शैक्षिक संस्थाहरुको सहयोग तथा पुर्ननिर्माणमा समेत सहारा युकेको उल्लेखनिय योगादन रहेको छ ।

सहारा युकेमा स्थापना काल देखि हाल सम्म चार जनाले अध्यक्षमा रहेर कुशलता पूर्वक नेतृत्व प्रदान गरेका छन् । हाल सम्म नविन गुरुङ सन २००८ देखि २०१४ सम्म, दिलिप कुमार गुरुङ ‘एमविई’ले २०१५–२०१६, मिन बहादुर गुरुङ २०१७–२०१८ सम्म र कुमार गुरुङ २०१९ देखि हाल सम्म अध्यक्ष पद सम्हालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close