मार्शल आर्टस हप्किडो संघ गण्डकीमा नयाँ नेतृत्व, अध्यक्षमा एमबी आस्था

पोखरा स्पोर्टस । नेपाल मार्शल आर्टस हप्किडो संघ गण्डकी प्रदेश समितिको प्रथम ऐतिहासिक अधिवेशनले अध्यक्षमा मान बहादुर घर्ती मगर ‘एमबी आस्था’लाई सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेम बहादुर गुरुङ, सचिवमा प्रेम बुढा मगर, सह सचिवमा अर्जुन गाहा मगर, र कोषाध्यक्षमा मदन कुमार जिसि सर्वसम्मत चयन भएका छन । त्यसैगरि सदस्यहरुमा कृष्ण प्रसाद कोईराला, बिना कुमारी पुन, चन्द्र कुमारी पराजुली, सवी शेरचन, श्याम बहादुर श्रेष्ठ, नरेन्द्र कुमार कार्की, किमी छ्योल्टेन गुरुङ, गिता राना र रामु दराई रहेका छन ।

समितिको पहिलो बैठकले चारजना सल्लहाकार समेत चयन गरेको छ । समितिको सल्लहकारमा ईन्द्र धारा विष्ट, कृष्ण कुमारी श्रेष्ठ, श्रीमान गुरुङ र डाक्टर कृष्ण प्रसाद पौडेल रहेका छन । यसैगरि संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्ती मगरलाई चयन गरेको छ ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भुमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढा मगरले खेलाडी र युवाहरुलाई स्वरोजगार वनाउनका लागि एकीकृत योजना बनाएर अगाडि वढ्ने वताए । हाप्किडो खेलले विश्वसामु देशको गौरव वढाउन महत्त्वपूर्ण भुमिका खेल्नसक्ने बताउँदै रसियामा हुने विश्व हाप्किडो प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा प्रशिक्षण लिईरहेका खेलाडीहरुलाई पदक जितेर राष्ट्रको प्रतिष्ठा बढाउन आग्रह गर्दै उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई सहभागी गराउन आफ्नो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरि गण्डकी प्रदेश खेलकुद परिषदकासदस्य सचिव तेजवहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको वताउँदै हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशत पु¥याउन सके यसले खेलकुद मार्फत सामाज विकासमा महत्वपूर्ण हुने बताए । उनले खेलकुदको मुल्य मान्यता बारे समाजमा अझै सचेतनाको खाँचो रहेको कुरा औल्याउँदै संयूक्त राष्ट्र संघले खेलकुद मार्फत परिवर्तन सम्भव छ भन्ने संकल्पको दायित्व सबैले वोध गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वोल्दै नेपाल मार्शल आर्टस हाप्किडोका अध्यक्ष काली बहादुर घर्ती मगरले छोटो समयमा यो खेलले नेपाल संगै विश्वमा चर्चा बटुल्न सफल भएको बताउँदै खेलकुद मार्फत युवाहरूलाई सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, खेल प्रति समर्पित, योग्य, सक्षम, सबल र सफल युवा खेलाडी बनाउन अघि बढेको जनाए । दक्षिण एशियालली हाप्किडो संघका अध्यक्ष समेत रहेका उनले हाप्किडो खेललाई राष्ट्रिय गौरव सँग जोड्दै प्रतियोगिता र सेमिनारको आयोजना गर्दै आइरहेको जानकारी दिंदै हाप्किडोलाई नेपालको ग्रामीण क्षेत्रमा बिस्तार गर्दै व्यापक बनाउन प्रयास गरिएको उल्लेख गरे ।

समितिका अध्यक्ष एम बि आस्थाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, संघकी उपाध्यक्ष तारा माया थापा मगर लगायतले वोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close