
पोखरा स्पोर्टस । पोखराको सहारा क्लवले सोमबार पोखरामा आयोजना गरेको खुल्ला रंक्तदान कार्यक्रमबाट ५५ यूनिट रगत संकलन भएको छ ।
क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ५५ जनाले रक्तदान गरेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले उक्त कार्यक्रमको उद्घाटन गर्दै क्लवले कोभिडको विषम परिस्थितीमा पनि रंक्तदान कार्यक्रमलाई निरन्तरता दिएकोमा खुसि व्यक्त गर्दै पोखरा क्षेत्रमा खेलकुद र सामाजिक क्षेत्रमा क्लवको पुराएको योगदानको प्रशंसा गरे । क्लवका सचिव सचिन राना मगरलाई अध्यक्ष बानियाँले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
क्लवका अध्यक्ष केशब बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकार एवं पृथ्बी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी, क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, कार्यक्रम संयोजक गंगाराज पौडेल लगायतले वोलेका थिए ।

