
पोखरा स्पोर्टस । यहि असोज २ गते बाट पोखरा रंगशालामा आयोजना हुने ए डिभिजन फुटसल राष्ट्रिय लिगको तयारी तिव्र रुपमा अघि बढेको छ ।
नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको सर्वाधिक पुरस्कार राशीको एन्फा फुटसल लिगको तयारी तिव्र पारिएको एन्फा फुटसल लिग प्रमुख विनोद गुरुङले जनाएका छन । प्रतियोगिताको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स, काठमाडौं भिड्ने छन ।
असोज २२ गते सम्म सञ्चालन हुने राष्ट्रिय फुटसल लिगमा प्रदेश नं १ बाट २ टिम, वागमती बाट ४ टिम, गण्डकी प्रदेश बाट २ टिम, लुम्विनी, कर्णाली र सुदुर पश्चिम बाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने फुटसल कमिटीका प्रमुख विनोद गुरुङले बताए ।
ए डिभिजन राष्ट्रिय लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही समान नगद २५ हजार रुपैयाँ पाउनेछन ।
देशकै ठूलो पोखरा रंगशाला स्थित कभर्ड हल वहुउद्धेश्यिय कभर्ड हलमा आयोजना हुने उक्त प्रतियोगिताको विषयमा पोखरा स्पोर्टस संग कुराकानी गर्दै लिग बाट राष्ट्रिय टिमको तयारी गर्ने योजना समेत सुनाए ।
