
पोखरा स्पोर्टस । संघिय सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार शनिबार पोखरा रंगशालामा छिरे । कार्यक्रम थियो नेपाल खेलकुद महासंघ कास्कीको । मन्त्री पदबाट वाहिरिएको करिव ८ महिना पछि खेलकुदको सर्वाजनिक कार्यक्रममा उनी देखा परे ।

२०७४ चैत २ गते पूर्व प्रधानमन्त्री केपी ओलीको सरकारमा विश्वकर्मालाई खेलकुद मन्त्रीको जिम्मेवारी सुम्पियो । उनी राजनितिक रुपमा खारिएका त थिए तर खेलकुद उनका लागि नयाँ नै थियो । कास्कीको क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा अत्याधिक मतका साथ निर्वाचित हुँदै मन्त्री बन्न पुगे । धेरैको वुझाई खेलकुद नवुझेको व्यक्तिको हातम पुग्यो भन्ने थियो । तर २०७७ पुष १० गते उनको मन्त्री पद बाट वर्हिगमन भयो ।
करिव ३ वर्षको सत्ता सञ्चालनमा युवा तथा खेलकुद मन्त्रालयको गहन जिम्मेवारी लिएका विश्वकर्माले खेलकुद विकास ऐन पारित गर्ने देखि लिएर ८ औं राष्ट्रिय खेलकुद र छुट्टै छाप छोड्न सफल १३ औं दक्षिण एशियाली खेलकुद सम्पन्न गर्न सफल नेतृत्वदायी भूमिकाको निर्वाह । उनकै नेतृत्वमा ८ औं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको नेपालगञ्ज रंगशाला र १३ औैै सागको तयारीको सिलसिलामा दशरथ रंगशाालको पुर्ननिर्माण संगै नव निर्मित पोखरा रंगशालाको फुटबल स्टेडियम । यि नेपाली खेलकुदका लागि संघै चर्चाको विषय बन्ने छन ।
करिव ८ महिना पछि खेलकुदको सार्वजनिक कार्यक्रममा देखा परेका पूर्व मन्त्री विश्वकर्मा पोखरा रंगशालामा पाइला टेके । त्यस अघि खेलकुद महासंघ कास्कीको कार्यक्रमलाई सम्वोधन गरेका उनले आफ्नो कार्यकालमा गरेका फेहरिस्त सुनाए । २०७६ वैशाखमा सम्पन्न ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना, २०७६ मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग), खेलकुद विकास ऐनको निर्माण, राखेपको वोर्डको पूर्णता, सातै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीलाई आजिवन भत्ताको व्यवस्था उनले सम्वोधनका क्रममा बोले ।
कार्यक्रममा बोलिरहँदा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाधार निर्माण र त्यसमा कसरी चुनौतीको सामाना गर्दै पूर्वाधार निर्माणको सम्पन्न संगै प्रतियोगिताको आयोजना सम्पन्न भयो भन्ने धारणा राखे भने १३ औं सागको आयोजनाको चुनौतीका बारेमा समेत बोले ।
कार्यक्रम सकिए लगतै उनी पोखरा रंगशाला फुटबल स्टेडियम छिरे । उनी टक्क अडिय । चारैतिर नजर दौडाय । २०७६ फागुनको दोश्रो साता शिलन्यास गरेका थिए उनले पोखरा रंगशाला फुटबल स्टेडियमको । ६ महिनामा सक्ने शर्त थियो । तर दुई वर्ष पुग्दा समेत निर्माण पुरा हुन नसक्दा पूर्व मन्त्रीले राखेप सदस्य सम्पन्न श्रेष्ठ संग केही जिज्ञासा राखे । खेलकुद महासंघका नेताहरु संग तस्विर लिइरहँदा उनको चर्चा खेलकुदको नै थियो । मैदान वरपर घुमे । ट्रयाकको ४ सय मिटरको फन्को मार्दा उनले निर्माणका केही गल्ती औल्याए ।
नेपाली खेलकुदको इतिहासमा धेरै मन्त्री आए । तर पूर्व मन्त्री विश्वकर्माले त्यो पदमा मात्रै आशिन मात्रै भएनन उनले नेपाली खेलकुदको जगलाई पूर्वाधार निर्माणको हिसावले नेपाली खेलकुदको जगलाई बलियो बनाउन काम गरे । कम बोल्ने र धेरै काम गर्ने मन्त्रीको रुपमा आफ्नो भूमिका निर्वाह गरेका पूर्व मन्त्री विश्वकर्माले खेलकुद मार्फत मुलुकको समृद्धी संगै हाई अल्टिच्यूड खेलकुदको पूर्वाधार निर्माणको अभियानलाई मात्रै अघि बढाएनन उनले नेपाली खेलकुदको जगलाई वलियो खेलकुद विश्वविद्यालयको अवधारणालाई समेत अघि सारे । उनले पटक पटक भनेका थिए–“नेपाली खेलकुद यहाँको भूगोल सुहाउँदो हुनु पर्छ त्यो भनेको हाइ अल्टिच्यूड खेलकुदको विकास नै हो ।”
